प्रदेश

विधार्थीहरुको सिर्जनात्मक विकासका लागि दुना टपरी बनाउने तालिम ।



कपिलवस्तु, १६ असोज । स्काईलार्क बोर्डिङ स्कुलले एक दिने दुना टपरी बनाउने तालिम सम्पन्न गरेको छ । विद्यालयमै सम्पन्न गरिएको एक दिने दुना टपरी बनाउने तालिममा कक्षा ४ देखि ९ सम्मका छात्राहरुको सहभागिता रहेको थियो । तालिमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष एवम् विद्यालयका सल्लाहकार सोमनाथ अर्यालले यस्ता तालिमले बालबालिकामा सिर्जनात्कताको विकास हुनुका साथै विधार्थीका अभिभावक तथा समाजमा पनि सकारात्मक सन्देश जाने बताउनुभयो ।

वडाध्यक्ष अर्यालले परम्परागत रुपमा विकसित हुदै यस्ता सिपलाई नवपुस्तामा पनि हस्तान्तरण गर्नको लागी विद्यालयले कदम चाल्नु सकारात्मक रहेको भन्दै विद्यालयको प्रशंशा गर्नुभयो । विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेले तालिम आयोजना गर्नुको उद्देश्यमाथि प्रकास पार्दै आधुनिक युगमा लोप हुँदै गईरहेको परम्परागत सिप तथा साँस्कृतिक महत्व बोकेको दुना टपरीको प्रयोग, यसबाट विद्यालय उमेरका बालिकाले आफ्नो घरमा हुने साँस्कृतिक एवम् धार्मिक कार्यमा यसको प्रयोग गरी आर्थिक भार कम गर्नुका साथै परमपरागत सिपको विकास, संरक्षण र सम्वर्धनमा महत्वपूर्ण सहयोग मिल्ने रहेको बताउनुभयो ।

विद्यालयका सल्लाहकार संयोजक रवी बहादुर काफ्लेको विशिष्ट अतिथ्यता रहेको तालिममा प्रा।वि। संयोजक यशोदा खत्रीको स्वागत मन्तव्य रहेको थियो भने शैक्षिक संयोजक धु्रब पौडेलको संचालनमा तालिम सम्पन्न भएको हो । तालिममा सिकाई सहजीकरण कविता ढुङ्गाना, यशोदा खत्री, लिला पाठक, माया थापा र गायत्री अस्लामीले गर्नुभएको थियो । विद्यालयका प्राचार्य डुम्रेले प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई दुना टपरी उपहार स्वरुप प्रदान गर्नुभएको छ ।

प्रकाशित : १६ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६