प्रदेश

रुपन्देहीको बेलहिया नाका १८ महिना पछि खुल्यो ।



रुपन्देहि, १७ असोज ।  नेपाल, भारत सीमानाका बेलहिया आजदेखि खुलेको छ। १८ महिनादेखि बन्द रहेको बेलहिया नाका आजदेखि खुलेको हो। २०७६ चैत १० गतेदेखि बन्द रहेको नाकाबाट अब गाडी आउन जान पाउनेछन्। 

असोज ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले नाका खुलाउने निर्णय गरेपनि जिल्ला प्रशासनमा पत्र नआएकाले नाका बन्द थियो। पत्र आएलगत्तै नाका सुचारु गरेको रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए। आज आइतबारदेखि भारतबाट आउने र नेपालबाट जाने गाडीहरु सहज रुपमा चलेका छन्। 

नाका खुला भएपनि नेपाल आउने यात्रु र पर्यटकले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ। प्रमुख जिल्ला अधिकारी तिवारीले नेपाली यात्रुको हकमा सीमामै सामान्य स्वास्थ्य परिक्षण गरिने र कोभिडको शंका लागेमा सीमामै एन्टीजेन परिक्षण गरिने बताए। एन्टिजेनमा पोजिटिभ देखिएकालाई पिसिआर परिक्षण गरेर नतिजाअनुसार व्यवस्थापन गर्ने उनले बताए। 

भारतबाट नेपाल आउने यात्रु र पर्यटकले ७२ घण्टे पीसीआर रिपोर्ट देखाएपछि फाराम भरेर सहजै प्रवेश पाउँछन्। सीमामा भारतीयलाई पूर्ण खोप अनिवार्य छैन। तर तेश्रो मुलुकका पर्यटकको हकमा ७२ घण्टे पिसिआर रिपोर्ट सहित कोभिड विरुद्धको पूर्ण खोप लगाएको कागजात पनि आवश्यक पर्ने प्रजिअले जनाए। 

प्रकाशित : १७ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६