प्रदेश

बिजयनगरका किसान र उपभोक्ता ठुलो तनावमा, जग्गा जमिन लिलाम हुने चिन्ता ।



कपिलवस्तु, १९ असोज । कपिलवस्तु बिजयनगर स्थीत भैसी स्रोत केन्द्रका किसानलाई शाहुको चर्को ब्याजले चापेपछि ऋणतिर्न हम्मे हम्मे भएको छ । मासिक ४ प्रतिशतमा किसानले लिएको ऋणले जग्गा जमिन लिलाम हुने भएपछि किसान चिन्तीत भएका हुन । भारतिय सिमावर्ति क्षेत्रको नजिक बिजयनगरमा भैसी स्रोत केन्द्र बनेपछि पुरै गाउँ खुसीले उन्मुक्त थियो । दैनिक ४ सयको हाराहारीमा दुध उत्पादन गर्ने बिजयनगर ५ नौरंगियाका किसानलाई यतिबेला तिनै आफना दुहुना भैसी बेचेर साहुको ब्याज तिर्नु पर्ने बाध्यता आई लागेको छ ।

लुम्बिनी प्रदेश सरकारले चैत्र महिनामा सूरु गरेको भैसी स्रोत केन्द्रका किसान आफुले बेहोर्नु पर्ने ३० प्रतिशत रकम जम्मा गर्न साहु संग मासिक ४ प्रतिशतका दरले ऋण काढेका थिए ।३ करोड ८ लाखको लागतमा निर्माण भएका गोठमा आफुले बेर्होनु पर्ने ३० प्रतिशत रकम तिर्न हम्मे हम्मे परे पछि किसानले आफु संग भएको जग्गा जमिन देखि लिएर आफैले दुध दुदै आएको भैसी सम्म बेच्न बाध्य भएको ३५ वषिय पहलमान यादवले बताए ।

उपभोक्ता मार्फत निर्माण हुने गोठमा कुनै पनी स्थानिय ब्यापारीले लगानी नगरेपछि वडा अध्यक्षले स्थानिय ब्यापारी जयनारायण गुप्ता संग मासिक ४ प्रतिशत ब्याजमा किसालाई प्रचलित कानुन अनुसारको ब्याज तिर्ने भनी पैसा उपलब्ध गराई लिखित गराएका थिए । लिखित रुपमा प्रचलित कानुन अनुसार भने पनि साहु गुप्ताले भने मासिक ४ प्रतिशतको दरमा किसान संग ब्याज असुली गरीरहेका छन ।

गएको महिना ८ हजार ब्याज बुझाए अब कसरी बुझाउ म संग यति धेरै आम्दानीको स्रोत छैन त्यसैले मेरो नाममा बनेको गोठ प्रयोग नै गरेको छैन ४५ वर्षिय किसान बौद्धे यादवले बताए । उनले भने सरकारले गोठ बनाएर हामीलाई उद्धार गर्ने भनको त झन उठीबास पो लगाउने भयो । एउटा किसानले मासिक ८ हजार ब्याज दुध बेचेर कसरी तिर्ने ? उनले प्रश्न गरे ।

खरको गोठमा परम्परागत रुपमा भैसी पाल्दै आएका किसानलाई चर्को ब्याजमा पैसा लगानी गर्ने स्थानिय ब्यापारी जयनारायण गुप्ताले नै गोठ बन्ने सबै निर्माण समाग्री उपलबध गराएका हुन । उनले बुटवलको कोही ब्यक्तिबाट आफनो जग्गा धितो राखी किसानलाई पैसा उपलब्ध गराएको स्वीकारेका छन । मैले पैसा ४ प्रतिशतमा उपलब्ध गराएको हु गुप्ताले भने । मेरो ६० लाख माथी रकम असुल गर्न बाकी छ मलाई फसाईयो । काम समपन्न भए पश्चात अषाढमा पाउनु पर्ने पैसा अझै पाएको छैन उनले भने ।

काम लगभग ९९ प्रतिशत समपन्न भएको छ । भौतिक निर्माणका लागी बनेको लागत ईष्टिमेट किसानले अझै देख्न समेत पाएका छैनन् । हामीलाई हाम्रो घरमा के कति खर्च भयो कुनै जानकारी छैन । कुन समाग्री कति मुल्यको हो कति प्रयोग गर्नु पर्ने जानकारी दिइदैन । स्थानिय सहजकर्ता संग जानकारी माग्दा आफनो नियुक्ती पत्रमा ईष्टिमेट किसानलाई दिए जागीर जाने उल्लेखित करार नियुक्ती पाएको भन्दै उनले ईष्टिमेट दिन अस्वीकार गरे ।

बिहान ५ बजे उठेर भैसीलाई घास पानी दिएर चरीचरणका लागी लैजाने किसानको मुहार आज भोली मलिन छ । उपभोक्ता समितिको पत्र पैसा तुरुन्त बुझाउनु नत्र कानुन अनुसार कारवाहि हनेछ भनेर आउछ राति अबेर सम्मा पनि निद्रा लाग्दैन किसानहरुले दुखेसो पोखे । यता अध्यक्ष शिवनाथ यादवले किसानहरुले ३० प्रतिशत पैसा दिन नपरोस निशुल्क गोठ पाईन्छ भनेर भ्रमपुर्ण जानकारी दिएको बताए । कुनै पनि किसानले ब्याज तिर्न भैसी बेच्नु नपरेको बताए । उपभोक्ता समिति मार्फतको ३० प्रतिशत रकम जम्मा गर्न नसक्दा र समयमा काम समपन्न नगर्दा करिब ६० लाख रकम फ्रिज भएको जानकारी दिए । कुनै पनि किसानले आफनो गोठ बन्दा उभिएर हेरेको सम्म छैन । बरु निर्माण नापी गरेर राखिएको किला समेत उखालेर गोठ निर्माणमा अवरोध गरीएको छ उनले भने ।

निकै तामझामका साथ कृर्षि मन्त्रिको उपस्थितीमा सुरु भएको भैसी स्रोत केन्द्र नौरंगिया गाउका किसान र उपभोक्ता समिति दुबै ठुलो तनावपुर्ण स्थितीबाट गुज्रीरहेका छन । किसानलाई ३० प्रतिशत रकम बुझाउन हम्मे हम्मे छ भने समितिलाई निर्माण गरीएको गोठको निर्माण सामाग्री , ज्याला मजदुरी भुक्तानी गर्नु पर्ने बाध्यता छ ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६