प्रदेश

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री दाङबाट ।



रुपन्देही, २२ असोज । लुम्बिनी प्रदेश सरकारले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि सरकारमा जाने व्यक्तिहरूको नाम टुंगिसकेको माओवादी केन्द्रका नेताहरूले बताएका छन्।

‘हामीले मन्त्रीको नाम टुंग्याइसकेका छौँ । कांग्रेसमा टुंग्याउन बाँकी छ। कांग्रेसको टुंगियो भने आजै साँझसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ,’ माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारूले भने। 

माओवादी केन्द्रले बर्दियाका तिलकराम शर्मा र दाङका इन्द्रजित थारूलाई मन्त्री बनाउने तयारी गरेको छ। शर्माले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाउनेछन् भने थारूले स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाउनेछन्।

त्यस्तै दाङकै विमला ओलीलाई राज्यमन्त्री बनाउने तयारी थालिएको छ। ओली मुख्यमन्त्री कार्यालयको राज्यमन्त्री बन्न सक्ने सम्भावना रहेको नेता थारूले जानकारी दिए ।  यसअघि प्युठानका कृष्णध्वज खड्का मन्त्री भइसकेका थिए।  

प्रदेशमा नेकपा एकीकृत समाजवादीले पनि एउटा मन्त्रालय पाएको छ। यसअघि सात सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। जसमा मुख्यमन्त्रीसहित माओवादीका दुई, कांग्रेसका एक, जसपाका तीन र स्वतन्त्र एक मन्त्री थिए।

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६