प्रदेश

कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा लुम्बिनी सरकार विस्तारमा ढिलाइ ।



बुटवल, २३ असोज । सरकार गठन भएको दुई महिना पुग्न लाग्दासमेत लुम्बिनी प्रदेश सरकारले मन्त्रिमण्डल विस्तार गर्न सकेको छैन । सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेसले मन्त्रीहरूको नाम टुंगो लगाउन नसक्दा मन्त्रीमण्डल बिस्तारमा ढिलाइ भएको हो ।

प्रदेश सरकारमा कांग्रेसले चारवटा मन्त्रालय पाएको छ । जसमा डिल्लीबहादुर चौधरी पर्यटन र ग्रामीण तथा सहरी विकासमन्त्री छन् भने अरु मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन ।

कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका बसिउद्धिन खाँलाई मन्त्री बनाउने सहमति भएको बताए । अब एकजना मन्त्री र एक राज्यमन्त्रीको नाम मात्रै टुंगो लाग्न बाँकी छ  उनले भने । रुपन्देहीका अष्टभुजा पाठक र पाल्पाका वीरबहादुर रानाको नाममा सहमति जुट्न सकेको छैन ।

त्यस्तै, राज्यमन्त्रीको नाम पनि टुंगो लाग्न बाँकी छ । आकांक्षी धेरै भएका कारण समय लागेको कांग्रेस नेताहरू बताउँछन् । मन्त्री बन्नका लागि अर्घाखाँचीकी निर्मला क्षेत्री, कपिलबस्तुकी रिना नेपाल र दाङका अर्जुन श्रेष्ठले पनि आकांक्षा राखेका छन् । प्रदेश संसदीय दलले मन्त्री टुंगो लगाउन नसकेपछि दलका नेता वीरेन्द्र कनौडियाले पार्टीको केन्द्रीय नेतृत्वसँग छलफल गरेर समाधान खोजिने बताए ।

माओवादी केन्द्रले भने मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मालाई मन्त्री बनाउने निर्णय भएको छ । राज्यमन्त्रीमा विमलाकुमारी खत्री वलीको नाम टुंगो लागेको छ । माओवादीको भागमा परेको एउटा मन्त्रालय नेकपा एकीकृत समाजवादी लाई दिने भएपछि अन्तिम समयमा प्रमुख सचेतक पाल्पाका तुलाराम घर्तीको नाम समेत हटेको छ ।

नेकपा समाजवादीबाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछन् । लुम्बिनी प्रदेशसभामा घर्ती समाजवादीकी एक्ली सांसद हुन् । एमाले नेता शंकर पोखरेलको सरकार अल्पमतमा परेर ढलेपछि २८ साउनमा माओवादी केन्द्रका कुलप्रसाद केसी पाँच दलीय गठबन्धनको सहारामा मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित : २३ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६