एजेन्सी, २३ असोज । कंगोको नदीमा डुंगा दुर्घटना हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ, भने अन्य ६९ जना बेपत्ता भएका छन् ।
उत्तरपश्चिम प्रान्त मोंगलास्थित नदीमा पुरानो काठको डुंगामा धेरै संख्यामा यात्रु भएकाले पल्टिएको हुनसक्ने अनुमान लगाइएको छ ।
अधिकारीहरुका अनुसार दुर्घटनापछि ३९ जनाको जीवीतै उद्वार गरिएको छ । मोंगला प्रान्तका अधिकारीहरुका अनुसार क्षमताभन्दा धेरै यात्रु भएकाले डुंगा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनाबारे पूर्ण विवरण आइनसकेको जनाइएको छ ।
प्रतिक्रिया