प्रदेश

रुपन्देहीको मोतिपुर झडपमा बाणगंगाका एक सहित ४ को मृत्यु ५० घाइते १३ को अवस्था गम्भीर (अपडेट)



रुपन्देही, २५ असोज । बुटवल आइतबार बिहानदेखि बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा परी ४ जनाको मृत्यु भएको छ । उनीहरु मध्ये ३ जनाको रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा लाँदै गर्दा बाटोमा मृत्यु भएको र एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।

झडपमा परी गम्भीर घाइते मध्ये मेडिकल कलेजमा १३ जना लगिएको थियो । जसमध्ये ४ जना सर्वसाधारणको मृत्यु भएको हो । अन्य १० जना घाइते हुनेमा ५ जना प्रहरी र ४ जना सर्वसाधारण रहेको उनले बताए । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत गुरुङले बताए ।

यता लुम्बिनी प्रादेशिक अस्पतालले झडपमा परी घाइते भएका ५० जना भन्दा बढीको उपचार भएको जनाएको छ । घाइते हुनेमा प्रहरीको संख्या बढी रहेको लुम्बिनी प्रादेशिक अस्पताल इमर्जिन्सी विभाग प्रमुख रामप्रसाद अर्यालले बताए ।

यसैबिच मोतिपूर झडपमा बाणगंगाका एक जनाको मृत्यु भएको छ । प्रहरी स्रोतका अनुसार झडपमा घाइते भएका कपिलवस्तुको बाणगंगा नगरपालिका १० का ४८ वर्षीय रमेश परियारको भैरहवाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।

अन्य ३ जनको पनि मृत्यु भएको छ । चारै जनाको सब भैरहवा मेडिकल कलेजमा रहेको अस्पताल प्रशाशनले जनाएको छ । तर, रुपन्देहीका सुरक्षा अधिकारीहरुले यसलाई आधिकारिक पुष्टि गरेका छैनन् ।

झडपमा सुरक्षाकर्मीसहित जग्गा कब्जा गर्नेहरु घाइते भएपछि प्रहरी प्रमुख मनोज केसी र प्रमुख जिल्लाअधिकारी ऋषिराम तिवारी संचारकर्मीको सम्पर्क बाहिर छन् ।

प्रकाशित : २५ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६