अर्थ-वाणिज्य

दसैँ नजिक आएसँगै आज पनि बजार अनुगमन



भक्तपुर २६ असोज  । दसैँ नजिक आएसँगै भक्तपुर नगरपालिकाले आज पनि बजार अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज वंशगोपाल क्षेत्रमा रहेका पसल एवं मिनिमार्टहरुको अनुगमन गर्दा दसैँको मौकामा म्याद गुज्रेका खाद्य सामगीहरु बिक्रीका लागि राखेको पाइएको छ ।

अनुगमनमा अजिमा स्टोर मार्केटमा म्याद नाघेको र लेबल नभएको १६ प्रकारका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । त्यस्तै राज्य स्टोर, कमलविनायक मिनिमार्ट, के.एम.मार्टमा मिति र लेबल नभएको खाद्य पदार्थ बिक्रीमा राखेको, म्याद गुज्रेका खाद्य वस्तु बिक्रीमा राखेको, कुहिएको सामान पनि बिक्री गर्ने सामानसँगै राखिएको पाइएपछि करिब १७ प्रकारका म्याद नाघेका खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ ।

अधिकांश पसलमा लेबल नभएको प्याकेजिङ सामानहरु खाद्य अनुज्ञापत्र नलिएको, लेबल नराखेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको र म्याद गुज्रेकै सामान बिक्री गरेको पाइएको छ । त्यस्तै मासु संसारमा बिक्रीका लागि राखेको बिग्रेको मासु २४ किलो जफत गरी नष्ट गरिएको उहाँले जानकारी दिए । मासु पसल, फ्रिज फोहोर भएको, बिग्रेको मासु फ्रिजमा राखेको, पसल तथा ढक तराजु नवीकरण नगरेकाले तराजु जफत गरी दसैँलगत्तै कार्यालयमा उपस्थित हुने निर्देशन दिएको छ ।

प्रकाशित : २६ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६