अर्थ-वाणिज्य

कपिलवस्तुमा एकिकृत समाजवादीको जिम्मेवारी धमाधम अस्वीकार



कपिलवस्तु २६ असोज । केहिदिन अघि जिम्मेवारी दिइएको भनेर नाम सार्वजनिक भएका एकिकृत समाजवादी कपिलवस्तुका २ जना जिल्ला कमिटी सदस्यले पदिय जिम्मेवारी अस्वीकृत गरेका छन् । जिल्ला कमिटी सदस्यमा राखीएका कपिलवस्तु नगरपालिका वडा नं १०  का गोविन्द पौडेल र बाणगंगा बडा नं ११ का कृष्ण हरिजनले पद अस्वीकार गरेका हुन् । 

ती दुबैले आफू समाजवादी नै नरहेको र भेलामा पनि नगएको स्पष्ट पार्दै अनावश्यक पद भिराउने कार्य अनुचित भएको स्पष्ट पारेका छन् । आफूहरु दुबै एमालेमा  रहेको उनीहरुको दावि छ । पद अस्वीकार गर्ने पौडेल समाजवादीका जिल्ला नेता कमल भटराईका मामा हुन्  भने हरिजन एमाले सम्वद्ध प्रेस चौतारीका सदस्य हुन् । उनीहरु दुबैले आफ्नो फेसवुकवाट पदिय जिम्मेवारी अस्वीकार गर्दै स्टेमेण्ट जारी गरेका छन् । 

यस्तै समाजवादी निकटको यूवासंघको जिल्ला कमिटीमा राखिएका योगेश पाठकले पनि पद अस्वीकार गरेका छन् । भेलामा नगएको र आफू सजावादीको समर्थक पनि नभएको तर एकाएक नाम राखिएको र बधाई दिदै फोटो समेत राखिएको प्रति उनले आपत्ति जनाएका छन् । 

प्रकाशित : २६ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६