प्रदेश

अनिताको स्वास्थ्यमा सुधार, वन पैदावार कपिलवस्तुद्धारा १ लाख १ हजार सहयोग ।



हरि घिमिरे, २६ असोज । नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कपिलवस्तुले अनिता विकको उपचारार्थ आर्थिक सहयोग गरेको छ । वन पैदावार कपिलवस्तुले उनको उपचार र चाडपर्व मनाउन सहज होस् भन्ने उद्देश्यले रु १ लाख १ हजार नगद प्रदान गरेको हो । संघका अध्यक्ष पशुपति शर्मा, जिल्लाका पुर्व अध्यक्ष तथा पुर्व केन्द्रिय सदस्य रुक बहादुर भुसाल लगायत कार्यसमितिको संयुक्त टोलिले अनिताका ससुरा विकलाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।

अध्यक्ष पशुपति शर्मा, पुर्व अध्यक्ष भुसालले सहयोग रकम हस्तान्त्रण गर्दै वनपैदावारले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र अनिता र परिवारको दयनिय अवस्था देखेर केहि सहयोग गरेको बताए । उनिहरुले भने “सामाजिक दाईत्व सबैले बोध गर्न सकेमा धेरैको ज्यान बचाउन सकिन्छ” ।   

यस्तो छ अनिता विकको कथा !

जेठ १६ गते अस्पतालमा छोरी जन्माएकी अनिता प्राणघातक रोगको सिकार भईन । उनको शारिरीक अवस्था कमजोर रहदा रहदै पनि सुत्केरी पछि उनलाई घरमा ल्याईयो, एक महिना पछि सुत्केरी बस्न  माईत गईन् । रोगले ग्रसित भईसकेपछि माईती र घरपरिवारले झारफुकको उपचार तर्फ लागे । माईतमै उनी रोगले ग्रसित भईन्, त्यस पछि लुम्बिनी प्रादेशिक अस्पतलालमा भर्ना गरियो अनि केहि दिन उपचार भयो ।

अवस्था जटिल बन्दै गए पछि लुम्बिनी प्रादेशिक अस्पतालले गौतम बुद्ध मुटु अस्पताल बुटवलमै रेफर ग¥यो । अनिताको अवस्था थप जटिल हुंदै गयो, केहि दिन बुटवल उपचार पछि काठमाण्डौको के एम सी अस्पतालमा २८ दिन उपचार भयो । उनलाई केहि निको भएपछि उनको घर बाणगंगा ८ चप्परगाउँ ल्याईयो ।

घरमा ल्याएको ४ दिन पछि उनलाई रोगले झन सकस बनायो, लगत्तै जहाज मार्फत उनलाई काठमाण्डौको सोहि अस्पतालमै लगियो । के एम सी अस्पतालले अनिताको निमोनिया रोगेको उपचार भईसकेको भन्दै बाँसबारीको मंगोलिया न्यूरो हस्पिटलमा पठायो ।

यतिन्जेलसम्म अनिताको घर परिवारको लाखौ रुपियाँ खर्च भईसकेको थियो । त्यस पश्चात मंगोलिया न्यूरो हस्पिटलमा ४० दिन सम्म उपचार भयो । अहिले सम्म उनको उपचारमा ३५ लाख खर्च भईसकेको अनिताका ससुरा लोक बहादुर विकले प्रेसपाटीलाई बताए । उनको उपचारका लागि अझै १० लाख खर्च लाग्ने परिवारले जनाएको छ । स्वास्थ्यकर्मीका अनुसार कम्तिमा ६ महिना उनलाई डाक्टरको निगरानीमा राख्नुपर्ने र उनी पुर्ववत अवस्थामा फर्कन अझै ३ बर्ष लाग्ने बताईएको छ । उनी डाक्टरको निगरानीमा नर्मल वाडमा उपचाररत छिन् ।

विभिन्न सञ्चारमाध्यमले समाचार प्रसारण,प्रकाशन गरेपछि उनको उपचारार्थ विभिन्न सामाजिक संघ संस्था तथा व्यक्तिगत रुपमा आर्थिक सहयोग जुटिरहेको छ ।

प्रकाशित : २६ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६