प्रदेश

जनअपेक्षा प्रति पार्टी जिम्मेवारः नेता न्यौपाने



कपिलवस्तु, असोज २६ । नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज गिरधारीलाल न्यौपानेले जनअपेक्षा प्रति पार्टी जिम्मेवार रहने बताउनु भयो । नेता न्यौपानेले हालै काठमाण्डौमा सम्पन्न प्रथम विधान महाधिवेशनबाट सिंगो पार्टी पंक्ति उत्साहित भएको रहेको धारणा राख्दै संस्थागत रुपमा पार्टी परिचालित हुने बताउनु भयो । नेता न्यौपानेले नेकपा (एमाले) जिल्ला सचिवालयको वैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

 त्यस्तै वैठकमा लुम्बिनी प्रदेशका कार्यालय सचिव तथा संविधान सभा सदस्य बलराम अधिकारीले पार्टी प्रति जनताको आर्कषण रहेको बताउदै पार्टी प्रवेशलाई कार्यक्रमकै रुपमा अगाडी बढाउनुपर्नेमा जोडदिन आग्रह गर्नु भयो । वैठकमा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले सबै पार्टी कार्यकर्तालाई उचित जिम्मेवारी प्रदान गर्ने बताउनु भयो ।

 निकै महत्वपूर्ण वैठकका रुपमा हेरिएको सचिवालय वैठकले निर्वाचन क्षेत्र नं. १ को संयोजकमा बाबुराम आचार्य, २ को संयोजकमा बाबुराम खनाल र ३ को संयोजकमा सिबि गहतराजलाई जिम्मेवारी प्रदान गरेको छ । वैठकले प्रदेश नं. १. १ मा इन्चार्ज विश्राम प्रसाद थारु, १. २ मा विष्णु गौतम, २. १ मा शुसिला दरलामी २. २ मा किरण देवकोटा र ३. १ मा उपेन्द्र खनाल ३. २ मा कृष्ण भण्डारीलाई जिम्मेवारी प्रदान गरेको छ । 

त्यस्तै वैठकले बाणगंगा नगरकमिटीको इन्चार्जमा चक्रपाणी अर्याल, बुद्धभूमि  नगरकमिटीको इन्चार्जमा  पिताम्बर खना, शिवराज नगरकमिटीको इन्चार्जमा अर्जुन केसी, विजयनगर गाउँकमिटीको इन्चार्जमा गोपाल थापा, कृष्णनगर नगरकमिटीको इन्चार्जमा टोपलाल पोख्रेल, महाराजगञ्ज नगरकमिटीको इन्चार्जमा  मेहराज खाँन, कपिलवस्तु नगरकमिटीको इन्चार्जमा सरिता आचार्य, एशोधरा गाउँकमिटीको इन्चार्जमा हुमनाथ पाण्डे, मायादेवी गाउँकमिटीको इन्चार्जमा तिरख पासी, शुद्धोधन गाउँकमिटीको इन्चार्जमा मुजिव खाँलाई इन्चार्जको जिम्मेवारी प्रदान गरेको जिल्ला सचिव बाबुराम आचार्यले जानकारी दिनु भयो । वैठकले जिल्ला विभाग, फाट इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ ।

त्यस्तै वैठकले भुगोलको जिम्मेवारी प्रदान गर्दै जिल्ला सचिवालय विस्तार गरेको नेकपा एमाले कपिलवस्तुले जनाएको छ । वैठकले कात्तिक ६ गते हुने वार्ड अधिवेशन र कात्तिक ९ गते हुने नगर, गाउँ अधिवेशनका विषयमा सम्बन्धित कमिटीले प्रतिनिधीको टुंगो लगाउने गरी जिम्मेवारी प्रदान गरेको एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनालले बताउनु भयो । वैठकले जेष्ठ नागरिक मञ्च र जिल्ला सल्लाहकार परिषदलाई यथावत जिम्मेवारी प्रदान गरेको छ । विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आद्रान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।  

जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा पर्यटकिय नगर नन्दनगरमा सम्पन्न वैठकमा एमालेका केन्द्रिय सदस्य, कपिलवस्तु इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे  केन्द्रिय सल्लाहकार रामलाल काफ्ले, इन्द्रमणी पौडेल, मुना ज्ञवाली,  एमाले नेता तथा प्रदेश सभा सदस्य विष्णु पंथी, एमाले नेताहरु कृष्ण पौडेल, प्रभा पौडेल,शान्तिदेवी चमार,  डम्मर शर्मा, जंजिर प्रसाद थारु, टेकराज पौडेल, नेत्रराज अधिकारी, शुसिल श्रीवास्तव, शारदा शर्मा, द्रोणराज सुवेदी, सूर्य कुमारी शाही, आजाज अहमद दर्जी, विष्णु भण्डारी लगायतका नेताहरुको आतिथ्यता रहेको नेकपा (एमाले) जिल्ला प्रचार विभागले जनाएको छ ।  

प्रकाशित : २६ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६