प्रदेश

निशेध त्यागौ देशलाई एकतावद्ध गर्न लागौ :सांसद पन्थी



कपिलवस्तु २६ असोज  । लुम्बिनी प्रदेशका सासंद बिष्णु पन्थीले नेपालका चाडपर्वले नेपाली र नेपालीबीचको आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने बताउनुभएको छ । मंगलबार बाणगंगा नगरपालिका वडा नं २ मा भएको दशै मिलन र शुभदिपावली एवम छठ पर्बको अबसरमा शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सासंसद पन्थीले यस्तो बताउनुभएको हो । उहाँले चाडपर्वले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमती, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । दशैंको शुभकामना दिँदै देशलाई एकतावद्ध गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाले नेपालको ठूलो सम्पत्ति मध्यको आफ्नो कला संस्कृति र रितिरिवाज रहेको बताउदै पर्बहरुलाई भब्य र सभ्य रुपमा मनाउन सबैलाई सुझाब दिनुभएको छ । यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिका उपप्रमुख चक्रपाणी अर्यालले नगरबासीलाई शुभकामना सन्देश दिदै चाडपर्व नेपालको सांस्कृतिक पूँजी रहेको बताउनुभयो ।

उहाले राष्ट्रिय एकताको शुत्रमा बाधिए मात्र मुलुक समृद्धिको दिशामा अघि बढ्ने उहाको भनाई छ । यसैगरि कार्यक्रममा आफ्ना भनाई राख्दै नगरप्रबक्ता समेत रहनुभएका वडा अध्यक्ष बिष्णु पौडेलले पनि वडाबासीलाई शुभकामना दिदै वडाको हरेक बिकास वडाबासी सबैको उत्तिकै उत्सहाजनक सहभागिता रहदै आएको भनाई राख्नुभयो । कार्यक्रममा एमालेका नेता नहकुल शाही ,कांग्रेशका हिमबहादुर कार्की ,माओवादीका गंगाराम थारु ,राजमोका झमन सिह ,ईलाका प्रहरी कार्यालय पिपराका ईन्सपेक्टर दिनेश गुरुङ ,शशस्त्र प्रहरी टेकराज शर्मा लगाएतले आआफ्नो भनाई राख्नुभएको थियो ।

यसैगरि कार्यक्रममा सामुदायि बिद्यालयक तर्फबाट रमेश पन्थी ,संस्थागत बिद्यालयका तर्फबार सुरेन्द्र पाण्डे ,संस्कृत बिद्यालयबाट दयाराम पौडेल ,सामुदायिक बनका तर्फबाट अमित पौडेल ,सहकारीका तर्फबाट शान्त पाण्डे ,टोल बिकासका तर्फबाट हरि न्यौपाने र स्वयमसेविकाको तर्फबाट रमा गैरेले शुभकामना मन्तब्य राख्नुभएको थियो । बोल्ने बक्ताहरुले कोरोनाको जोखिम कायमै रहेका हुनाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र चाडपर्व मनाउन सुझाब दिनुभएको थियो । वडा अध्यक्ष पौडेलको अध्यक्षता ,वडा सदस्य टिका कुमारी अधिकारीको स्वागत मन्तब्यमा भएको कार्यक्रमको सञ्चालन बाणगंगा नगरपालिका शिक्षा शाखा अधिकृत खिम बहादुर जिशीले गर्नुभएको थियो । 

प्रकाशित : २६ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६