प्रदेश

दसैँको मौकाछोपि लागुऔषध ओसारपसार बढ्यो, रुपन्देही बाट चारजना पक्राउ ।



बुटवल, २८ । रुपन्देहीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका–२२ का २७ वर्षीय सागर पोख्रेल, ललितपुरको गोदावरी नगरपालिका–१ प्रगतिनगरका २० वर्षीय मधुकर विश्वकर्मा, रुपन्देहीको गैडहवा गाउँपालिका–९ का ३४ वर्षीय दुर्गा राना र कञ्चन गाउँपालिका–२ का १६ वर्षीय अशोककुमार लोध रहेका छन् । 

जिल्लाको तिलोत्तमा नगरपालिका–३ स्थित योगीकुटी शान्तिकुञ्जमा ग ७ प ६५१५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक पोख्रेल र मोटरसाइकलमा सवार विश्वकर्माले झोलामा बोकेको नुफिन ३७ सिसी, फेनरागन ३७ सिसी, डाइजेपाम ३७ सिसी फेला पारी उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै गैडहवा गाउँपालिका–८ स्थित कञ्चनपुरमा लु ३ प ३३९४ नम्बरको मोटरसाइकलाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक राना र मोटरसाइकलमा सवार लोधको साथबाट नाइट्राभेट ८८ पिस र डाइजापाम ४८ पिस फेला पारी उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरिएका चार जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २८ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६