कपिलवस्तु २९ असोज । कपिलवस्तुका प्रजिअ चक्रपाणी पाण्डेले भारतबाट आउने यात्रूलाई सिमानामा सहज वातावरण वनाईदिन भारतीय समकक्षीलाई आग्रह गर्नुभएको छ। कपिलवस्तु र सिमावर्ती जिल्ला सिद्धार्थनगरको नौगढमा हिजो भएको सुरक्षा समन्वय बैठकमा यस्तो भएको हो । बैठकमा कपिलवस्तुका प्रजिअ चक्र पाणी पाण्डे प्रहरी उपरीक्षक दानवहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनु.का.का प्रमुखको उपस्थिती थियो। यस्त भारतको सिद्धार्थनगर जिल्लाका DM दिपक मीणा, SP यशवीर सिँह, SSB कमाण्डेन्ट अमित सिँह लगायत भारतीय सिमावर्ती प्रहरी इकाइका प्रमुखहरु थिए । दुवै बीचमा सीमा अपराध नियन्त्रण, लागु औषध ओसार पसार नियन्त्रण, अबैध हातहतियारको ओसार पसार नियन्त्रण, मानव बेचबिखन, भारतबाट नेपाल आउने नेपाली यात्रुलाई गर्ने व्यवहारका विषय, पशुपंक्षीको अवैध कारोवार, नक्कली नोटको कारोवार, चोरीका सवारी साधनको नियन्त्रण लगायतका विषयमा अनौपचारिक छलफल सहित बैठक सम्पन्न भएको कपिलवस्तुका प्रजिअ चक्रपाणी पाण्डेले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
२९ आश्विन २०७८, शुक्रबार
प्रतिक्रिया