प्रदेश

तरुण दल र नेविसंघ क्षेत्र नं.१ कपिलवस्तुले सधै जस्तै बालबालिकासंग मनाए दशैं ।



कपिलवस्तु, ३१ असोज ।  नेपाली कांग्रेसका भातृसंगठन नेपाल तरुण दल र नेविसंघ क्षेत्र नं.१ कपिलवस्तुले बालबालिकासंग दशै कार्यक्रम गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै बालबालिकासंग दशै कार्यक्रम गरेको हो ।

जिल्लाको कपिलवस्तु नगरपालिका ९ मा अवस्थित कनकमुनि माध्यमिक विद्यालय श्रीनगर, जगदीशपुरका बालबालिकाहरुलाई दशैको अवसर पारेर शैक्षिक सामग्री वितरण गरिएको नेविसंघ क्षेत्र नं.१ कपिलवस्तुका सभापति चन्द्रकान्त पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस बाणगंगाका सभापति विष्णु थापाले नेपालीहरुको महान चाड दशैको शुभकामना दिदै यस्ता चाडपर्वको अवसरमा गरिब विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नु एक सकरात्मक काम भएको बताउनुभयो ।

नगर सभापति थापाले चाडपर्वमा अनावश्यक फजुल खर्च गर्नुभन्दा गरिब विपन्नलाई सहयोग गर्नु नै उत्तम कार्य हुने बताउनुुभयो । यस्तै नेपाल तरुण दल कपिलवस्तुका सभापति शक्ति सिंह ठकुरीले देशका आधार स्तम्भ मानिएका बालबालिकाको शैक्षिक क्रियाकलापमा कुनै पनि समस्या नहोस् भन्ने उद्देश्यले दशैको अवसरमा शैक्षिक सामग्री प्रदान गरेको बताउनुभयो । यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघ क्षेत्र नं।१ का सभापति चन्द्रकान्त पोखरेलले दशैमा सबै खुशी हुनु पर्ने अवस्थामा गरिब विपन्न बालबालिका पनि खुशी हुन् भन्ने लागेर यस्तो कार्यक्रम गरिएको बताउनुभयो ।

बालबालिकाहरुले कापी, कलमसहितका शैक्षिक सामग्री पाए पछि खुशी व्यक्त गरेका थिए । उनीहरुले आफ्नो आगामी दिनको शैक्षिक यात्राको लागी यस्ता कदमले थप उत्प्रेरणा हासिल हुने भन्दै सबैलाई धन्यवाद दिएका छन् । कार्यक्रममा कपिलवस्तु कांग्रेसका संक्रिय नेता कार्यक्रर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित : ३१ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६