प्रदेश

कपिलवस्तुमा धानको उत्पादन ७ प्रतिशत बढ्ने अनुमान: काट्ने समयको भारि बर्षले किसानमा चिन्ता ।



कपिलवस्तु, ३१ असोज । प्रर्याप्त बर्षा र मलखादको सहज आपुर्तिका कारण कपिलवस्तुमा यस बर्ष धान उत्पादन बृद्धि हुने अनुमान गरिएको छ । मौसम अनुकुलताका कारण यस बर्ष कपिलवस्तुमा ७ प्रतिशतले धान उत्पादन बढने कृषि ज्ञान केन्द्र कपिलवस्तुले अनुमान गरेको हो । यो बर्ष मनसुन समयमै आएको र प्रशस्त पानी परेकाले खाद्यान्न भकारीकारुपमा चिनिएको कपिलवस्तुमा धान उत्पादन ५ देखि ७ प्रतिशतले बढने कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रबिन्द्रनाथ चौबेले बताए ।

यस बर्ष जिल्लामा ७१ हजार ५ सय हेक्टरमा खेती गरिएको छ । जसबाट २ लाख ८५ हजार ५८३ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । गत बर्ष ७१ हजार २ सय हेक्टरमा गरिएको धान खेतीबाट २ लाख ७१ हजार ९८४ मेट्रिक टन धान उत्पादन भएको थियो । चाडै पाक्ने धान काटने चटारोमा रहका कृषकहरुलाई आईतावार परेको बेमौसमी बर्षाले भने समस्या पारेको छ । बैमौसमी र त्यससंग आएको हावाहुरीले चाडै पाक्ने जातको धान खेतमै ढलाउदा केही क्षति भएको कृषकहरुले बताएका छन् ।  

अहिले सम्म कृषकहरु धान उत्पादन राम्रो भएकोमा खुशी देखिएको तर आज आईतावरको बेमौसमी बर्षाले कृषकहरु समस्यामा परेको कृषक संघका जिल्ला अध्यक्ष चर्तुभुजमणि त्रिपाठीले बताउनुभयो । समममै बर्षा र मलखादको उपलब्धताले यस कपिलवस्तुमा धान उत्पादन राम्रो भएको उनले बताए ।

जिल्लाको कुल खेतीयोग्य जमीन करीब ८३ हजार हेक्टर रहेको छ । जसमध्ये यो बर्ष ७१, हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । जिल्लामा करीब ५५ प्रतिशत क्षेत्रफलमा हाइब्रिड जातका र ४५प्रतिशत क्षेत्रफलमा उन्नत जातका धानको खेती गरिन्छ । खेती गरिने उन्नत जातमा मुख्यरुपले राधा–४, साँभा मसुली, सावित्री, रामधान, गोल्डेन मसुली, रहेका छन भने हाइब्रिड धानमा ६४४४, सम्पूर्णा, गोरखनाथ लगायतका धानको खेती हुने गरेको छ । यसको अलावा कपिलवस्तु जिल्लाको पहिचानको रुपमा रहेको मसिना तथा वासनादार धानको रुपमा कालानमक तथा बासमतीको खेती हुने गरेको कुरा कृषि ज्ञान केन्द्र, कपिलवस्तुले जनाएको छ । यस्तै धान काट्ने समयमा भारि बर्षा भएपछि कपिलवस्तुका किसानहरु चिन्तति भएका छन् । 

प्रकाशित : ३१ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६