प्रदेश

गुल्मीमा खोलाले जीप बगायो ।



गुल्मी, ०१ कार्तिक । गुल्मीमा अबिरल वर्षासँगै आएको बढिमा खोला तर्ने क्रममा जीप बगाएको छ । जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बुटवलबाट वामी तर्फ जाँदौ गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जीप बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जीप बगाएको खबर प्राप्त हुनसाथ प्रहरी नायव निरिक्षक लक्ष्मण बिकको कमाण्डमा ५ जनाको टोली खटिएका प्रहरीले जनाएको छ । खोलाले बगाएको जीप खोजी कार्य जारी रहेको छ ।

जीप बगाएपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा गए रातीबाट निरन्तर वर्षा भइरहेको छ ।

प्रकाशित : १ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६