प्रदेश

रुपन्देहीको विकासको लागी सदैब प्रयत्नशिल रहनेछुः गृहमन्त्री खाँण



रुपन्देही, १ कार्तिक । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको समृद्धिको लागी सदैव प्रयत्नशिल रहने प्रतिवद्धता जनाएका छन् ।

रुपन्देहीको विकासले देशकै विकासको आधारशिला तयार गर्ने भएकोले रुपन्देहीको विकासको लागी सार्थक प्रयत्न गर्ने उनले जनाएका हुन् ।

गृहमन्त्री भए पछि पहिलो पटक गृह जिल्ला आएका खाँणले भैरहवामा आयोजित कार्यक्रममा बोल्दै भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

गृहमन्त्री खाँडले सरकारले विमानस्थलको दोस्रो चरणको निर्माण कार्य छिटो अगाडी बढाएर शीघ्र सन्चालनको तयारी गरिरहेको बताएका हुन् । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार जाँच चौकीको विकासको लागि कार्ययोजना तयार पारेको पनि जानकारी दिए ।

उनले बेलहियामा मालवाहक गाडीहरुको पार्किङको समस्यालाई समाधान गर्न अहिले आईसीपीको लागी खाली रहेका जग्गामा पार्किङ्गको ब्यवस्था मिलाउन तयारी गरिएको उनले जनाए । फरक प्रसंङ्गमा बोल्दै खाँणले अहिले कांग्रेस बिभिन्न गठबन्धन संग मिलेर सरकारमा जानु परेको जिकिर गरे । कांग्रेसले नचाहदा नचाहदैे निकास दिन सरकारमा गएको उनले बताए ।

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६