प्रदेश

दाउन्ने सडकखण्डमा बस दुर्घटनाः १६ जना घाइते ।



बर्दघाट, ३ कार्तिक । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्डमा बस दुर्घटना भएको छ । नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ७९८५ नम्बरको बस बर्दघाट–४ को बासखोलामा अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए ।

बसमा सवार ३२ जना मध्ये १६ जना घाइते भएका छन् । उनीहरुको बर्दघाट, बुटवल र भैरहवाका अस्पतालमा उपचार भैरहेको उनले बताए ।इलाका प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक कृष्ण प्रंसाद घिमिरेको नेतृत्वमा खटिएको १३ जनाको टोलीले घाइतेहरुको उद्धार गरेको डिएसपी लामाले बताएका छन् । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ४ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६