प्रदेश

अपांगताको सवालमा सधै हातेमालो गर्दै अगाडी बढ्नेः उपमेयर अर्याल ।



कपिलबस्त, ८ कार्तिक । अपांगताको सवालमा सधै हातेमालो गर्दै अगाडी बढ्ने बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले प्रतिबद्धता जनाउनुभएको छ । उहाले बाणगंगा नगरपालिका भित्र ७ सय ९१ जना अपांगता भएका व्यक्ति रहेको बताउदै त्यसमध्ये ३ सय ९९ सय जनाले विभिन्न किसिमको अपांगता परिचय पत्र वितरण गरिसकेको बताउनुभयो । आजबाट सुरु भएको अपांगता भएका व्यक्तिमाथि हुने यौन तथा लैंगिक हिंसा विषक ३ दिने तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथीको रुपमा बोल्दै उहाले यस्तो बताउनुभएको हो । साथै उहाले नगरपालिका भित्र रहेका अपांगता भएका सबैलाई विभिन्न संघ संस्थाको सहयोग सहायक समाग्री प्रदान गएको समेत औल्याउनुभयो ।

 यस्तै उहाले सबैलाईै कुनैपनि हिंसालाई सहेर नबस्न समेत आग्रह गर्दै हिंसा हुन नदिन विभिन्न किसिमका पैरवी वकालत अझै पनि आवश्यक रहेको बताउनुभयो । यस्तै कार्यक्रममा विशिष्ट अतिथी तथा राष्ट्रिय अपांग महासघंका केन्द्रिय अध्यक्ष मित्रलाल शर्माले बोल्दै उहाले अपांगताको अधिकारलाई सुनिश्चित गर्नका निम्ती राजनितीक क्षेत्रमा पनि अपांगता भएका व्यक्तिहरु जोडिन आवश्यक रहेको औल्याउनुभयो । साथै उहाले अपांगता भए व्यक्तिहरु पनि कुनै न कुनै व्यवसाय संग जोडिनुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा, राष्ट्रिय अपांग महासघं लुम्बिनी प्रदेशका हेमनाथ ज्ञवाली, समुदायमा आधारित पुर्वस्थापना केन्द्र बर्दियाका नेत्र प्रसाद सापकोटा, देउराली अपांग उत्थान समाज अर्घखांचिका तारापती क्षेत्र लगाएतले कार्यक्रम सफलताको शुभकामना दिनुभयएको थियो ।  “अपांगता भएका व्यक्तिहरुलाई दयामाया मात्र होइन अवसरको खांचो छ” । भन्ने मुल नाराका सुरुभएको तालिममा कपिलबस्तु सहित अर्घखांची, बर्दिया जिल्लाका अपांगता भएका व्यक्ति तथा अभिभावकहरुको सहभागिता रहेको छ । तालिममा  महासघंका अध्यक्ष मित्रलाल शर्मा, रमा ढकाल, गणेश केसी, देव कुमारी पराजुली, राजु बस्नेतले प्रशिक्षण दिनुहुने छ । तालिमको उद्घाटन कार्यक्रम  अपांग उत्थान समाज कपिलबस्तुका अध्यक्ष कमल ढुंगानाको अध्यक्षता, चित्र रानाको संचालन र उपाध्यक्ष नन्द किशोर यादवको स्वागतमा सम्पन्न भएको हो

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६