कपिलवस्तु, कात्तिक ९ । कपिलवस्तु जिल्लाको ऐतिहासिक नगरपालिका कपिलवस्तु नगरपालिकाको प्रथम नगर अधिवेशनबाट श्याम प्रजाप्रतिको नेतृत्वमा ५१ सदस्यि नगर कमिटी चयन भएको निर्वतमान नगर अध्यक्ष भेषराज पाण्डेले जानकारी दिनु भयो । जसको उपाध्यक्षमा ओमिश मुसलवान सचिवमा सन्तोष श्रीवास्तव, उपसचिवमा अर्जुन चौधरी, रुपैया खातुन सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष आजाज अहमद दर्जीले जानकारी दिनु भयो ।
यस्तै कपिलवस्तुको एमाले विजयनगर गाउँपालिकाको प्रथम गाउँ अधिवेशनबाट अध्यक्षमा थर्क बहादुर खन्गाहाको नेतृत्वमा ५१ सदस्यि गाउँपालिका कमिटी चयन भएको एमाले विजयनगरले जनाएको छ । जसको उपाध्यक्षमा रामऔतार यादव सचिवमा , गोकर्ण सापकोटा उपसचिवमा सुनिता कुमारी थारु, कल्ताफ हुसेन खाँ सर्वसम्मत चयन भएको एमाले नेता राम प्रकट कोरीले बताउनु भयो ।
प्रतिक्रिया