प्रदेश

पशुपालक कृषकलाई वडा न.२ कार्यालयद्धारा घाँसको विउ प्रदान



कपिलवस्तु, कात्तिक ११ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. २ ले वडा भित्रका पशुपालक कृषकहरुलाई घाँसको विउ वितरण गरेको छ । पशुपालक कृषकहरुलाई पशुपालन तर्फ आर्कषण गरि व्यवसायीकरणमा जोड दिने उद्देश्यले घाँसको विउ वितरण गरिएको हो । चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार पशुपालक कृषकहरुको माग र आवश्यकता अनुसार उन्नत जातको घाँसको विउ वितरण गरिएको वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले बताए ।

वडाभित्रका ६० वटा कृषि फर्म नगरमा दर्ता भएको र उनीहलाई प्रोत्साहन गर्न वडाले यस्ता कृषि कार्यक्रमलाई जोड दिदै आएको वडाध्यक्ष पौडेलले बताए । प्रदेश र संघबाट पनि कृषकका लागी सहयोग भएको बताउँदै वडाध्यक्ष पौडेलले आगामी दिनमा कृषकलाई लक्षित गरि थप तालिमहरु पनि संचालन गरिने बताए । । वडाध्यक्ष पौडेलले भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भएकाले वडावासीको पेशा व्यवसायलाई पनि उकास्न वडाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले पशुपालन व्यवसायलाई आधुनिकिकरण गर्नुपर्नेमा जोड दिंदै त्यसका लागि वडाले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा महिला सदस्य टिका कुमारी अधिकारीले विगतमा पनि वडाले कृषकका लागी यस्ता कार्यक्रम संचालन गर्दै आईरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरीन् ।  कार्यक्रममा कृषकका तर्फबाट कुरा राख्दै गुुणाखर घिमिरेले पशुपालक कृषकहरुले दुधको वास्तवित मूल्य नपाएको भन्दै वडाले सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

वडाले पशुपालक कृषकहरुका लागि बेला बेलामा कृषकलाई प्रोत्साहन गर्नका लागी काम गरेको भन्दै कृषकहरुले खुशी व्यक्त गरेका छन् । वडाध्यक्ष पौडेलको अध्यक्षता, वडा महिला सदस्य टिका कुमारी अधिकारी, वडा सदस्य विमला परियार आतिथ्यता रहेको कार्यक्रमको संचालन वडा सचिव नरेन्द्र पोख्रेलले गरेका थिए ।

 

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६