प्रदेश

बुद्धभूमिमा घोराई नालाले बगाएर मृत्यु भएका परिवारलाई मेयर श्रेष्ठद्धारा आर्थीक सहयोग ।



कपिलवस्तु, कार्तिक १५ । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० ढडीहवा स्थित घोराई नाला तर्ने क्रममा मृत्यु भएका २ जना महिलाको आश्रित परिवारलाई नगरपालिकाले १०/१० हजारका दरले राहत रकम प्रदान गरेको छ । मेयर केशव कुमार श्रेष्ठले मृतक परिवारको घर मै पुगी उनीहरुको आश्रित परिवारलाई सो रकम हस्तान्तरण गरेका थिए । सो घटना प्रति दुःख ब्यक्त गर्दै मेयर श्रेष्ठले मृतकका परिवार प्रति समबेदना समेत प्रकट गरेका थिए । उनले मृतक परिवारलाई अन्य सहयोगका लागि पनि आफुले पहल गर्ने बताए । मृतक परिवारले नगरपालिकाले थारै भए पनि राहत रकम प्रदान गरेमा आफुहरुलाई घाउमा मल्हम लगाउने काम गरेको बताएका छन् । गत कार्तिक ३ गते नाला तर्ने क्रममा २५ बर्षिया सिता थारु र १२ बर्षिया सूजना थारुलाई घोलले बगाएको थियो । सिताको साँझ र सूजनाको ३ दिन पछि शव फेला परेको थियो । 

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६