जीवनशैली

तिहार लक्षित अनुगमन, पटका र म्याद नाघेका बस्तु बरामद ।



कपिलवस्तु, १६ कार्तिक । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले तिहार लक्षित बजार अनुगमन सुरु गरेको छ । पालिकाले आज (सोमवार) बाट बजार अनुगमन सुरु गरेको छ । आज पहिलो दिन ग्रामीण क्षेत्रमा बिक्री गर्न राखिएका म्याद गएका बस्तु र पटाका बरामद गरिएको छ । नगरपालिकाको वडा नं ७ मानपुर सेखुनियामा रहेको आर के इलेकट्रिकलबाट ठुलो सङ्ख्यामा पटका बरामद गरिएको हो । 

चाडपर्वमा नागरिकको स्वास्थ्य र सुरक्षाको लागि ग्रामीण भेगका पसलमा अनुगमन गरेको थियो । सोमबार पालिकाको वडा नं ६ र ७ को अनुगमन भएको नगरपालिका उद्योग वाणिज्य तथा सहकारी अधिकृत विजय भुसालले बताए । अनुगमनका नियम विपरीत रहेका सामाग्री जफत गर्नुका साथै पसल सञ्चालकलाई सचेत समेत गराएका थिए । अनुगमन टोलीले पटका, खाद्य सामाग्री, श्रंगारका सामाग्री, सुर्ती तथा मदिरा जन्य पदार्थको अनुगमन गर्दै नियम विपरीत भएको जफत गरिएको थियो । 

सञ्चार कर्मी, प्रहरी, व्यवसायी तथा समाजसेवी सहितको टोलीले तिहार लक्षित गरी नेपाल भित्राइएको विस्फोटक पदार्थ (पटाका) समेत बरामद गरिएको थियो । बरामद भएका सामाग्रीलाई खाल्टोमा पुरेर नष्ट गरिएको बताइएको छ । दसैँ अगाडी देखी सुरु भएको बजार अनुगमन प्रभावकारी देखिएकोले निरन्तरता दिनु पर्ने बुद्धभूमि उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष शोभाखर बन्जाडेले बताए ।

यता पालिकाले अनुगमन सुरु गरे पछि स्थानीय जनताले समेत खुसी व्यक्त गरेका छन् । चाडपर्वको समयमा व्यापारीले गुणस्तरहीन सामाग्री बेच्दै जनताको स्वास्थ्यमा खेलबाड गर्ने गरेका पटक पटक उजागर भएकोले नगरपालिकाले समयमा अनुगमन गर्दा व्यापारी सचेत हुनुको साथै जनता लाभान्वित हुने बुद्धभुमी ४ का कृष्ण गिरीले बताए ।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६