प्रदेश

लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँबाट जुवा खेलेको आरोपमा २९ जना पक्राउ ।



रुपन्देही, १६कात्तिक। लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँबाट जुवा खेलेको आरोपमा २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ र बर्दिया जिल्लाबाट २९ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिका–१४ रझेना बस्ने २५ वर्षीय यज्ञ खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै बर्दियाको गुलरिया नगरपालिकामा ९ जनालाइ पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–१४ रझेना बस्ने २५ वर्षीय यज्ञ खड्काको घरबाट जुवा खेल्दै गरेका  रोल्पा  जिल्लाको रून्टीगढी गाउँपालिका बस्ने ४३ वर्षीय रूपलाल बिकलगायत २० जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ४ लाख ६४ हजार ८ सय ८१ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको  छ । यस्तै  गुलरिया नगरपालिका–७ गुलरियागाउँ बस्ने रमेश यादवको घरमा तास अवस्था  ९ जनालाई पक्राउ गरेको छ ।

जुवा खेलिरहेको अवस्थामा स्थानीय ४३ वर्षीय रमेश यादव लगायत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट  नगद १ लाख ९८ हजार ५ सय ५ रुपैयाँ र  तास बरामद भएको छ । यस सम्बन्धमा थप कानुनी प्रकृया शुरु भएको  प्रहरीले जनाएको छ । 

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६