काठमाडौं, १७ कात्तिक । श्रीलंकाले लुम्बिनीमा अस्पताल स्थापना गर्ने इच्छा व्यक्त जाहेर छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा मंगलबार भएको भेटमा श्रीलंकाका राष्ट्रपति गुटावाया राजापाक्षले लुम्बिनीमा अस्पताल स्थापना गर्ने इच्छा जाहेर गरेका हुन् ।
श्रीलंकाका राष्ट्रपति राजापक्षले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको र प्रधानमन्त्री देउवाले त्यसमा नेपालको सदभाव रहने बताएको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए ।भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बढाउने, शैक्षिक क्षेत्रमा सहयोग आदान प्रदान गर्ने, दुईपक्षीय संस्कृति मजबुत बनाउने लगायतका विषयमा पनि कुराकानी भएको सचिव पौड्यालले बताए ।
स्कटल्याण्डमा रहँदा प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडनसँग पनि भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल अमेरिकी बीचको द्विपक्षीय र बहुपक्षीय विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत् जानकारी दिएका छन् । मंगलबार नै प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेटवार्ता भएको थियो ।
प्रतिक्रिया