प्रदेश

कपिलवस्तुको विजयनगरमा एक युवकले गरे साथीसँग मिलेर बुवाको हत्या ।



कपिलवस्तु, १७ कार्तिक । कपिलवस्तुको विजयनगर गाउँपालिका–९ का चन्द्रबहादुर थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विजयनगर ६ का २६ वर्षीय जयन पुन मगर र विजयनगर ९ का २४ वर्षीय मुकेश महरा छन् । मगर थापाका झड्केला छोरा हुन् । आफ्नी आमालाई दुःख दिएको आरोपमा उनले महराको सहयोग लिएर हत्या गरेको प्रहरीले जनाएको छ ।

थापाको कात्तिक ४ गते विजयनगर गाउँपालिका–५ बनगाईस्थित पोखरीमा शव फेला परेको थियो । प्रहरीले घटना शंकास्पद देखेपछि अनुसन्धान थालिएको थियो । त्यसदिन राति थापालाई मगरले बोलाएर स्कुटरमा लगेका थिए । लगेपछि मगर र महरा दुबैले कुटपिट गरी हत्यापछि पोखरीमा शव फालेको प्रहरीले जनाएको छ । आफू र आफ्नी आमालाई घरमा बस्न नदिएको रिसमा हत्या गरेको बयान उनले दिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

थापाले घरमा बस्न नदिएपछि आमासहित मगर विजयनगर ६ मा बस्दै आएका थिए । त्यदिन महरा र मगर दुबैले मादक पदार्थ सेवन गरेका थिए। दुबैले राति १० बजे थापालाई बोलाई लु४६प ४१८९ मा चढाएर विजयनगर–५ पोखरीनजिक पु¥याएका थिए। कुटपिट गर्दा ज्यान गएपछि पोखरीमा फालिदिएका थिए । दुबैलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखेर अनुसन्धान थालिएको भण्डारीले बताउनुभयो ।

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६