प्रदेश

पेस्तोल सहित कपिलवस्तुबाट एक युवक पक्राउ ।



काठमाडौं, १७ कार्तिक । कपिलवस्तुको मायादेवी गाउँपालिका–८ स्थित बिजुवा चोकबाट प्रहरीले पेस्तोल र लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । गएराती मायादेवी गाउँपालिका–६ डुमरा घर भएका २२ वर्षीय फेराज अहमद मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।

भारतिय युपी–५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतार्फ आएका फेराजको साथबाट प्रहरीले १ थान पेस्तोल, २८ वटा कार्टिज र लागु औषध बरामद गरेको छ ।

आरोपीको साथबाट ४२ चक्की स्पास्मो र २१ चक्की नाइट्राजेपाम बरामद गरिएको छ । फेराजबारे अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताउनु भयो ।

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६