दाङ, २१ कार्तिक । दाङ देउखुरीको गढवामा मदिराले मातेका श्रीमानले लाठी प्रहार गरि श्रीमतिको हत्या गरेका छन् । जिल्लाको गढवा गाउँपालिका वडा नं. ६ बालापुरका ६० बर्षीय दनबहादुर थापाले ५० बर्षीया श्रीमति सुनिता रोकालाई तिहारको अघिल्लो दिन राति लाठी प्रहार गरि हत्या गरेका हुन ।
दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले मदिराले मातेका श्रीमानले सामान्ने बिबादको क्रममा श्रीमति सुनितालाई लाठीले टाउको, घाँटी लगाएतका भागमा आक्रमण गरेपछि घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनीहरुका दुई छोरा मध्य एउटा छोरा श्रीमतिलाई छोड्न माइती गाउँ गएको र अर्कौ छोरा गाउँमा साथीहरुको घरमा गएको हुँदा घरमा श्रीमान श्रीमति मात्रै थिए ।
त्यही क्रममा मदिराले मातेका श्रीमानले सामान्ने बिबाद हुँदा लाठी प्रहार गरि श्रीमतिको हत्या गरेका थिए । प्रहरीका अनुसार हत्या गरिएकी सुनिता थापाकी कान्छी श्रीमति हुन । थापा परिवार खोला किनारमा बस्दै आएको थियो । उनीहरु ज्याला मजदुरी गरेर जिबिकोआर्जन गर्दे आएका थिए ।
रातिमा श्रीमान श्रीमतिको झगडा हुँदा होहल्ला गाउँलेले पनि सुनेका थिए । बिहान गएर हेर्दा श्रीमति मृत अवस्थामा फेला परेको गाउँलेले बताएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरिक्षक राजकुमार भट्टले बताए । हत्या आरोपित थापा फरार रहेको तथा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया