प्रदेश

उपेन्द्र यादव भन्छन, संघीयता विरोधीले संविधान बनाएकाले संविधानको संशोधन आवश्यक छ ।



रुपन्देही, २२ कात्तिक। जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधान संशोधन नभए जनताले अर्को संविधान बनाउने चेतावनी दिएका छन् । पार्टीले रुपन्देहीको धकधईमा गरेको कार्यक्रममा उनले संघीयता विरोधीले नै संविधान बनाएकाले संविधानको संशोधन अपरिहार्य रहेको बताए । ‘कांग्रेस र कम्युनिष्ट मिलेर बनाएको संविधान त्रुटिपूर्ण छ’, यादवले भने, ‘यसलाई संशोधन गर्नुपर्छ अन्यथा जनताले अर्को संविधान बनाउँछन् ।’ ७ वटा प्रदेशको नक्सांकन र नामाकरण अव्यवहारिक र अवैज्ञानिक रहेको भन्दै यादवले उच्चस्तरीय राज्य पुनःसंरचना आयोगको प्रतिवेदन अनुसार १० वटा प्रदेश नै उचित भएको बताए। ‘५–७ जना मन्त्री बनेर झण्डावाला गाडी चढेर मात्र हुँदैन’, यादवले भने, ‘प्रदेश स्वायत्त र अधिकारसम्पन्न बनाउनुपर्छ।’

जनसंख्याको आधारमा हरेक वर्ग र समुदायको राज्यका निकायमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने अध्यक्ष यादवले बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले अहिलेको निर्वाचन प्रणाली अत्यन्तै महँगो र गलत भएकाले पूर्ण समानुपातिक प्रणाली हुनुपर्ने बताए । अध्यक्ष यादवले अहिलेको संसदीय प्रणाली पनि असफलतातिर गएको पनि दावी गरे । ‘सांसद खरिद बिक्री भइरहेको छ, यो दोष नेताको भन्दा पनि प्रणालीको हो’ उनले भने ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६