कपिलवस्तु, २४ कार्तिक । कपिलवस्तुमा अस्ताउदो सुर्यलाई अर्घ दिदै हर्षो ल्लासका साथ आज बुधवार छठ पर्व मनाईएको छ । कपिलवस्तु नगरपालिका– १ चपरतल्ला स्थित सझीया घाटकारुपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटमा छठी माताको पुजाआजा गर्दै यो पर्व मनाईएको हो ।
रामघाट र जमुहार नदीमा १० हजार बढी भक्तजनहरुले छठको सामुहिक पुजा गरेको छठ पुजा ब्यवस्थापन समितिले जनाएको छ । यस्तै कृष्णनगर, बहादुरगंज लगायतका स्थानमा रहेको पोखरीमा समेत भक्तजनहरुले सुर्यको बिशेष पुजापठा गरी सामुहिकरुपमा छठ मनाएका छन् ।
प्रशासन कार्यालयले घर घरमा पर्व मनाउन गरको आग्रहलाई उनीहरुले कुनै वास्ता गरेनन । यस बर्ष भने गत बर्षको तुलनामा भक्तजनहरुको संख्या दोब्बर थियो । यस बर्ष भक्तजनको संख्या बढेको पुजा ब्यवस्थापन समितिका अध्यक्ष गणेशलाल कर्णले बताए । भक्तजनह जम्मा भएर सामूहिकरुपमा पुजापाठ समेत गरेका थिए । पुजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदमयकासहभागी थिए । बिशेष पुजाको अवसरमा उनीहरुले सुर्य र छठी माताको आराधना समेत गरेका थिए ।
छठमा उपबास बसी पुजाआजा गर्नाले पारिपार सुख संबृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने श्रद्धालु भक्तजनहरुको बिश्वास छ । उनीहरुले उक्त नदीमा पुजा गरी प्रससादका रुपमा आज बासको सामग्रीमा अध्र्य दिएर केरा, ठेकुवा र भसुवा, मूला, केरा, उखु लगायतका परिकार चढाएका थिए । छठ पवका लागि पुजा ब्यवस्थापन समिति गठन गरी जमुहार र रामघाट नदीमा पुजाआजाका लागि बिशेष ब्यवस्था गरेको थियो ।
प्रतिक्रिया