प्रदेश

कपिलवस्तुमा स्वास्थ्य मापदण्डका साथ जनगणनाको सम्पूर्ण तयारी तयारी पुरा ।



कपिलवस्तु, कार्तिक २४  । कपिलवस्तुमा स्वास्थ्य मापदण्डका साथ राष्ट्रिय जनगणना २०७८ को सम्पूर्ण तयारी पुरा भएको छ । ‘मेरो गणना मेरो सहभागीता’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको १२ औं जनगणनाको सम्पूर्ण तयारी पुरा भएको हो । कपिलवस्तुसहित देशैभर भोलि विहिबारदेखि मंसिर ९ गतेसम्म गणकहरु नागरिकको घर–घरमा पुगेर विभिन्न तथ्यांकहरु संकलन गर्नेछन् । जिल्लामा जनगणनाको लागि सम्पूर्ण तयारी पुरा भएको जिल्ला जनगणना कार्यालय कपिलवस्तुका प्रमुख नन्दलाल कुर्मीले जानकारी दिनुभयो ।

जसका लागि कपिलवस्तुका १० पालिकामा ५ सय ८२ जना गणक खटिएको प्रमुख कुर्मीले बताउनुभएको छ । गणकहरुलाई कहाँ–कसरी तथ्यांक संकलन गर्ने लगायतको विषयमा कार्तिक १३ देखि १६ गते नै तालिम दिई सकिएको छ । दुई चरणमा गरिने जनगणनामा यसअघि कलिलवस्तुमा १३९ सुपरीवेक्षकहरुले पहिलो चरणको काम सम्पन्न गरिसकेको उहाँले बताउनुभयो । अब पनि ती सुपरीवेक्षकहरुले निरन्तर गणकहरुको निरक्षण गर्ने कार्य गर्ने उहाँले बताउनुभयो । अब भोलि (विहिबार)देखि दोस्रो चरणमा गणकहरुले पूर्ण विवरणसहितको तथ्यांक संकलन गर्ने उहाँको भनाई छ । गणकहरुले आफुलाई पायक पर्ने समयमा जनगणनाको काम गर्न सक्ने समेत उहाँले बताउनुभयो ।

नागरिकहरुले आफ्नो घर–घरमा आउने गणकहरुलाई सहि, सत्य, तथ्य विवरण दिई सहयोग गरिदिन जिल्ला जनगणना कार्यालय कपिलवस्तुका प्रमुख कुर्मीले आग्रह गर्नुभएको छ । गणकहरुले संकलन गरेको तथ्यांक सामुहिक प्रयोजनमा मात्र प्रयोग हुने भन्दै उहाँले व्यक्तिगत विवरण सुरक्षित रहने बताउनुभयो । १०–१० वर्षमा गरिने जनगणनाले देश विकासका लागि खाका तयार गर्न सहयोग पुग्ने जनाउँदै कुर्मीले नागरिकले आफ्नो दायित्व सम्झेर तथ्यांक संकलनमा सहयोग गर्नु पर्ने धारणा राख्नुभएको छ । कपिलवस्तुमा एउटा गणकले औसतमा २११ वटा घरको तथ्याङक संकलन गर्नुपर्ने प्रमुख कुर्मीले जानकारी दिनुभयो ।

बाणगंगामा १०६ र बुद्धभूमिमा ७७ जना गणक खटिने जनगणना अधिकारी टंक प्रसाद आचार्यले जानकारी दिनुभएको छ । प्रश्नावली वितरण लगायतका सम्पूर्ण तयारी भईसकेको जानकारी दिनुभयो । यस्तै शिवराजमा ८१ र विजयनगरमा ३३ जना गणक खटिने जनगणना अधिकारी लक्ष्मी कंडेलले जानकारी दिनुभएको छ । जनगणना अधिकारी कंडेलका अनुसार शिवराजमा ३० जना र विजयनगरमा ८ जना सुपरिवेक्षक खट्एिका छन् ।

उहाँले कुनै पनि संकोच नमानि गणकहरुलाई सत्यतथ्य वितरण उपलब्ध गराउन समेत आग्रह गर्नुभयो । उता गणकहरुले पनि आफुहरु सबै तवरले जनगणनाका लागी तयारी अवस्थामा रहेको बाणगंगामा खटिईने एक गणकमध्येका एक विश्वास थारुले बताए । उनले आफुहरुलाई जनगणनाका लागी आवश्यक कलम, किताव, झोला, टोपीसंगै कोरोना संक्रमणबाट बच्न सेनिटाईजर, फेससिल्ड लगायतका सामग्री उपलब्ध गराईएको बताए 

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६