कपिलवस्तु २५ कार्तिक । कपिलवस्तुमा राष्ट्रियजनगणना २०७८ को कार्यको सुरुवात भएको छ । आज प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले आफ्नो विवरण दिएर शुभारम्भ गर्नु भएको हो । कोहि नछुटौ नदोहोरिउ सहि विवरण दिउ , राष्ट्रिय जनगणना सफल पारौं भन्दै उहाले जनगणना आजदेखि कपिलवस्तुमा पनि सुरु भएको घोषणा गर्नु भयो । । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो ।
यता आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिँदैछ । आजदेखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण दिन तथ्याङ्क विभागले आग्रह गरेको छ । जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने तर विवरण नदिनेमाथि कानुनी कारबाही हुने तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया