प्रदेश

संमृद्ध मधेस निमार्णका लागि माओवादी केन्द्रको नेतृत्वको खाँचोः पूर्वमन्त्री खनाल



कपिलवस्तु, ३० कार्तिक । पूर्व मन्त्री चक्रपाणी खनाल (बलदेव) ले संमृद्ध मधेस निमार्णका लागि माओवादी केन्द्रको नेतृत्वको खाँचो रहेको बताएका छन् । कपिलवस्तुको कृष्णनगरमा मौलाना मशहुद खाँ नेपालीको निवासमा आइतबार पार्टीका कार्यकर्ता सँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा मन्त्री खनालले यस्तो बताएका हुन् ।

पूर्व कृषि मन्त्री समेत रहेका खनालले माओवादी केन्द्रले मधेसको चौतर्फी क्षेत्रमा विकास गर्न चाहेको बताउँदै केही अवसरवादी र पुँजीवादीको नेतृत्वले गर्दा मधेसमा विकासले फड्को मार्न नसकेको जिकिर गरे । केही नेताले मधेसको विकास गर्ने भन्दै झुठो आश्वासन बाँड्दै जनतालाई झुक्याएर मत लिई विजयपश्चात विकासको नाममा सिन्को समेत भाँच्न नसकेको उनले आरोप लगाए ।

कृष्णनगरमा यस क्षेत्रको ठूलो भन्सार नाका भएकाले औद्योगिक र व्यावसायिक दृष्टिकोणले यो कृष्णनगर क्षेत्र नै मुख्यतः विकासमा प्रचूर सम्भावना रहेको पूर्व मन्त्री खानलले जनाए । “यहाँ अवसरवादी र पुँजीवादीका कारणले विकास प्रेमी, असल नेतृत्वले जीत्न नसक्नु यहाँका नागरिकका लागि दुःखद कुरा हो” उनले भने ।

अहिले पुरै मुख्य सडक देखि लिएर भित्री गल्ली, बाटो धुलैधुलो छ, वर्षामा हिलैहिलो हुन्छ” खनालले थप भने । हामीले चाहे यस क्षेत्रमा तीव्र गतिमा विकास गर्न सक्छौँ, तर अब यस क्षेत्रमा चौतर्फी विकास र परिवर्तनका निम्ति माओवादीको नेतृत्वको अवश्यकता देखिएको कुरामा उनले जोड दिए । यसै क्रममा शिक्षा बिना कुनै पनि समुदाय अगाडी बढ्न नसक्ने बताउँदै पछाडी परेका र मुस्लिम समुदायलाई शिक्षाको मूलधारमा लैजाने र मुस्लिम गर्ल्स शैक्षिक युनिभर्सिटी स्थापनाका लागि सरकारसँग पहल गर्ने आश्वासन समेत खानलले व्यक्त गरे ।

यसैबीच लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खाँ नेपालीले समग्र सदरसाको शैक्षिक अवस्थाको बारे जानकारी गराए । पहिले भन्दा अहिले मदरसाहरूमा पनि धेरै शैक्षिक सुधार भएको बताउँदै भौतिक पुर्वधार देखि लिएर गुणस्तरीय शिक्षाका लागि मौलानालाई पनि सरकारी शिक्षक सरह मान्यता दिनुपर्ने भन्दै प्रदेश र केन्द्रीय सरकारसँग पहल जारी राखेको उनले बताए । अहिले मदरसाका विद्यार्थीका लागि खाजा नास्ता, पाठ्यपुस्तक र छात्रवृत्ति समेत उपलब्ध भएको उपाध्यक्ष खाँ नेपालीले जनाए । कतिपय मदरसाहरूमा भवन अभावले पठनपाठनमा समस्या सिर्जना भइरहेकोले मन्त्री खनाल सँग उनले अनुरोध गरे ।

नेकपा माओवादी केन्द्र कृष्णनगरका नगर अध्यक्ष जावेद आलम खानले कृष्णनगरको राजनीतिक अवस्थाको समसमायिक विषयको बारेमा जानकारी गराउँदै माओवादी केन्द्र बलियो हुँदै गएको बताए । आगामी निर्वाचनमा माओवादी केन्द्रले बहुमतका साथ जीत सुनिश्चित हुने दाबी गरे । पार्टी सदस्यतालाई निरन्तरता दिँदै पार्टीका सम्पूर्ण क्रियाकलाप तथा गतिविधिलाई अगाडी सार्दै बढिरहेको नगर अध्यक्ष खानले बताए ।

भेटघाट कार्यक्रममा राष्ट्रिय मदरसा संघका अध्यक्ष डा। अब्दुल गनी अल्कुफी, राष्ट्रिय मदरसा संघका सदस्य मौलाना जहिर अहमद बरेलबी, मौलाना जाहिद अजाद, अब्दुल नूर, नगर सचिव विष्णु प्रसाद बन्जाडे लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६