प्रदेश

स्यालको टोकाईबाट कपिलवस्तुमा ३ जना घाइते ।



कपिलवस्तु, ३० कार्तिक । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ बिजगौरी गाउँमा गएराति स्यालले टोकेर ३ जना घाइते भएका छन् । राति करिब १० बजे गाउँ छिरेको स्यालले स्थानीयवासी विष्णु घर्तीको घरभित्र पसेर उनको खुट्टामा टोकेको थियो  गाउँलेहरूले लखेटेपछि सुकुम्वा पुनको घरमा पसी पुन र उनको श्रीमती इर्खालाई टोकेको स्थानीयवासी लक्ष्मी पुनले बताए ।

सुकुम्बाको अनुहारमा झम्टिएको इर्खाको हातमा टोकेको बताइएको छ । बौलाहा स्याल हुनसक्ने आशंकामा घाइते तीनै जनाको बुटवलमा उपचार गराइएकोे वडाअध्यक्ष चुरबहादुर खड्काले बताए । शरीरका केही भागमा चोट लागेकाले एम्बुलेन्समार्फत घाइतेको उपचारको लागि बुटवल लगिएको थियोे ।

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६