प्रदेश

भारतलाई विद्युत बेचेर नेपालले २ सातामै कमायो ६ करोड ।



काठमाण्डौं, ३० कार्तिक । नेपालले छिमेकी भारतलाई अहिलेसम्म ६ करोड रुपैयाँभन्दा बढी मूल्यको विद्युत बेचिसकेको छ। विद्युत बेच्ने अनुमति पाएको २ साताभित्र भारतलाई ३ करोड ७७ लाख २ हजार भारु ९नेपाली ६ करोड ३ लाख २३ हजार रुपैयाँ को विद्युत बेचिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार यही कात्तिक २३ गते सबैभन्दा बढी प्रतियुनिट औसत ५ रुपैयाँ ३ पैसा मूल्य प्राप्त भएको छ। यस्तै सबैभन्दा कम कात्तिक १८ गते प्रतियुनिट औसत ३ रुपैयाँ १३ पैसामा विद्युत बिक्री गरिएको छ। 

प्राधिकरणका अनुसार हाल नेपालले भारतको एक्सचेन्ज मार्केटमा दैनिक ३९ मेगावाट (९३ हजार ६ सय युनिट) बिजुली बेचिरहेको छ। यसमध्ये २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत आयोजनाबाट विद्युत भारतमा लगिएको छ। स्वदेशमा बढी भएको विद्युत मात्र भारत पठाइरहेको विद्युत प्राधिकरणको भनाइ छ।  

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६