कपिलवस्तु १ मंसिर । नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको प्रभाव लुम्विनीमा जिल्लाहरुमा राम्रोसंग परेकोछ ।पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार नेपाल बन्दको आयोजना गरेको थियो । नेकपाले मंगलबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मका लागि नेपाल बन्दको घोषणा गरेको हो ।
बन्दका कारण देशभरका सार्वजनिक यातायात, शैक्षिक संस्था, उद्योगधन्दा बन्द भएका थिए भने निजी सवारी साधनहरु फ्याट–फुट्ट रुपमा चलेका थिए । बन्दका क्रममा कुनै अप्रिय घटना नभए पनि बन्द गराउन भन्दै हिड्ने केही नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । लुम्बिनीका ४४ सहित देशभरबाट २२५ जना बन्दकर्ता पक्राउ परेको केन्द्रिय प्रहरी प्रवक्ता बसन्त बहादुर कुँबरले बताए ।
साथै बन्द कर्ताले ४ वटा सामान्य तोडफोड गरेको प्रवक्ता कुँबरले बताउनुभएको छ । यस्तै पक्राउ परेको सबैलाई बन्द कर्तालाई छाड्एिको कुँबरले बताउनुभयो । बन्द कार्यक्रमलाई सम्बोधन गर्दै दाङ घोराहीमा अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश संयोजक दिपक खड्काले सरकारले बृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य फिर्ता नभए अझ यो भन्दा ठूलो संघर्षको कार्यक्रम गरिने बताउनुभयो ।
जनताको संघर्षका कार्यक्रम गर्दा शहिद हुनु परेपनि आफूहरु पछि नहट्ने उहाँको चेतावनी थियो । दललाल पुँजीवादी सत्ताले आफूहरुलाई प्रतिबन्द लगाउदा केही साथीहरु सहिद भएको भन्दै अझै पनि जनताको भलाईका लागि आफूहरु संघर्ष गर्दा सहिद हुन तयार गरेको खड्काले बताउनुभयो ।उहाँले आजको बन्दलाई सहयोग गरेकोमा प्रशासन, उद्योग व्यावसाय, नागरिक सबैलाई धन्यावाद पनि दिनुभयो ।
यता बन्दका क्रममा कपिलवस्तुमा २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला सेक्रेटरी कमल केसीसहित २८ जनालाई नियन्त्रणमा लिएको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताउनु भयो ।नेकपा जिल्ला इन्चार्ज पदम केसीका अनुसार बाणगंगाबाट कमल केसी, बाणगंगा नगर सेक्रेटरी शेरमान थारुसहित ९ जना, चन्द्रौटाबाट शिवराज नगर सेक्रेटरी विनोद लुइँटेलसहित ५ जना, गोरुसिंगेबाट अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष विज्ञान केसी र धानखोलाबाट अर्घाखाँची तथा कपिलवस्तुका १५ जना कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नेकपा महासचिव विप्लवको गृह जिल्लासमेत रहेको कपिलवस्तुमा बन्दको प्रभाव तुलनात्मक रुपमा अन्यन्त्र भन्दा धेरै परेको थियो । नेपाल बन्दको क्रममा कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसबासा जंगल नजिकै ढुंगाले हान्दा बसमा सवार एक ब्यक्ति घाईते भएका छन । बिराटनगरबाट दाङ तुल्सिपुर जाँदै गरेको ना ५ ख ४९८९ नम्बरको बसलाई ३ जनाको संख्या रहेको बिप्लवका कार्यकर्ताहरुले बसमा ढुंगा हान्दा उदयपुर गाईघाट नगरपालिका २ का ३२ बर्षिय लक्ष्मण परियार घाइते भएको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनुभयो ।
नेपाल बन्दको क्रममा दाङमा भने फरक दृष्य देखिएको हो । सडकका देखिएका बन्दकर्ता सडक सरसफाई र ट्राफिक चिन्हहरुको व्यवस्थापनमा लागेका छन । बन्द कर्ताहरुले आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन् । राजनीतिक कार्यकर्ताहरु अराजक मात्रै हुन्छन् भन्ने सोचलाई कम गराउन र समाजमा रचनाताम्क काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको हेमन्त प्रकास वलीले बताउनु भयो । तस्बीर सौजन्य :संचारकेन्द्र








प्रतिक्रिया