प्रदेश

रुपन्देहीमा लागु औषधसहित २ महिला र १५ पुरुष पक्राउ ।



बुटवल, ०१ मंसिर । प्रहरीले रुपन्देहीमा लागु औषध बिरुद्ध विशेष अप्रेसन शुरू गरेको छ । उक्त अप्रेसन अन्तर्गत गत कार्तिक महिनामा अवैध लागु औषध सहित २ जना महिला र १५ जना पुरुष पक्राउ परेका छन् । बरामद लागु औषध मध्ये ४७ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर, १०५ ट्याब्लेट नाइट्राजेपाम, २३ ट्याब्लेट डाइजेपाम, २३ ट्याब्लेट फेनारागन, १३ ट्याब्लेट नुफिन र २३ ट्याब्लेट टालजेसिक रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।

प्रहरीले एउटा मोटरसाईल र ३ थान मोबाइल सेट पनि बरामद गरेको छ । पक्राउ पर्नेमा सम्मरीमाई गाउपालिका रुपन्देहीका निरज यादव, मर्चवारी गाउपालिका–५का राहुल पाण्डे, कञ्चन गाउँपालिका ४ का मोहन सुनार र प्रदिप पुन, नन्द कुमार दर्जी,कञ्चन १ सिमा कुमारी श्रीस, चितवनको भरतपुर महानगरपाकिला १६ का दिपेन्द्र सुनार नवलपरासी ९पुर्व० गैडाकोट १ का नकुल बि।क। रहेका छन् । यस्तै तिलोत्तमा–४ का शंकर नेपाली, तिलोत्तमा–३ का केशव गिरी र बुटबल ११ का दिपक नेपाली पक्राउ परेका छन् ।

यस्तै चितवन साविक दारेचोक स्थायी घर भई हाल बुटवल १७ रानिगन्ज बस्ने रवि लामा, बुटवल २ पाखापानीका राजु थापा क्षेत्री र बुटवल देविनगरका प्रसाद ज्ञवाली पनि पक्राउ परेका छन् । यस्तै बुटवल १४ पदमपुरका निर्मल भारती, नवलपरासी प्रतापपुरका मोहमद अफ्रोज मिया र बुटवल १ का सम्झना हलुवाई पक्राउ परेका सहायक प्रहरी प्रवक्ता चन्दले बताए ।

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६