प्रदेश

दलाल पुंजीवादलाई परास्त गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्नुपर्छः मन्त्री खड्का



हरि घिमिरे, ०२ मंसिर । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले दलाल पुंजीवादलाई परास्त गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न बुद्धिजिवीहरुले ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजिवी संगठन लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । प्रमुख अतिथि समेत रहेका उनले माओवादी केन्द्रलाई मजबुत र बलियो बनाउन बुद्धिजिवीको अहम भुमिका रहेको बताए । बुद्धिजिवीहरुको सहि सल्लाह तथा सुझावले पार्टीलाई उचाईमा पुर्याउने उनको भनाई छ ।  

कपिलवस्तुको सनराईज गार्डेन रिसोर्टमा विहिवार सम्पन्न भेलामा माओवादी थप बलियो बनाई समृद्ध समाज निर्माणका लागि संगठनको आवश्यकता र जिम्मेवारी सम्बन्धी छलफल भएको थियो । 

संगठनका केन्द्रिय संयोजक कृष्ण केसी, केन्द्रिय कमिटि सह संयोजक निलकण्ठ तिवारी, प्रचार तथा प्रकाशन विभाग प्रमुख मनहरि तिमिल्सिना, माओवादी केन्द्र कपिलवस्तु जिल्ला ईन्चार्ज कमल चुंदाली, रुपन्देही जिल्ला पार्टी कार्यालय सदस्य होमनाथ न्यौपाने लगायतले शुभकामना मन्तब्य दिएका थिए । संगठनका केन्द्रिय आयोजक समिति सदस्य लोकशर्मा बस्यालले कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए । 

संगठनका लुम्बिनी प्रदेश ईन्चार्ज लिलाधर मरासिनीको अध्यक्षता, संगठनका कपिलवस्तु संयोजक सरोज खनालको स्वागत तथा संगठनका लुम्बिनी प्रदेशसह संयोजक माधव खनालको संचालन रहेको कार्यक्रममा लुम्बिनी प्रदेशका सबै जिल्लाका प्रतिनिधीका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थिए । 

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६