अर्थ-वाणिज्य

हैजाविरुद्धको खोप लगाउन शुरु : कपिलवस्तुका ५ पालिका लक्षित



कपिलवस्तु ५ मंसिर । हैजाविरुद्धको खोप लगाउन आजवाट शुरु हुने भएको छ  । कपिलवस्तुका ५ पालिका लक्षित गरी साढे २ लाख जनसंख्यालाई हैजाविरुद्धको खोपैछ ।  गत असोज १८ गतेदेखि ५ वटा स्थानीय तहमा फैलिएको हैजाको संक्रमण नियन्त्रणमा नआएपछि लुम्बिनी प्रदेश सरकारले अमेरिकाबाट आएको खोप निःशुल्क लगाउने  तयारी गरेको हो । हैजाको संक्रमणबाट अहिलेसम्म ६ जनाले ज्यान गुमेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट प्राप्त खोप आइतबार यशोधरा गाउँपालिकाबाट खुवाउन शुरू गर्ने तयारी भएको लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत शैलेन्द्रकुमार पाण्डेले बताउनु भयो  ।पाण्डेका अनुसार कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकामा दुई चरणमा खोप खुवाइने छ ।

एक वर्षदेखि माथि उमेर समूहकालाई १४ दिनको फरकमा दुई पटक भ्याक्सिन खुवाइने पाण्डेले बताए । बाँकी चार पालिकामा ७ मंसिरदेखि खोप अभियान सन्चालन हुनेछ ।यो खोप एक वर्षमुनिका बालबालिका, पखाला लागेका र ज्वरो आएको अवस्थामा खान नमिल्ने तर बिमारी निको भएपछि ती व्यक्तिले खान मिल्ने मन्त्रालयका अधिकृत पाण्डेले पत्रकार सम्मेलनमा बताउनु भयो। यस्तै पहिलो चरणमा खोप खाँदा कुनै असर देखिएमा दोस्रो मात्रा खुवाउन नहुने पाण्डेले बताउनु भयो  ।दुवै मात्रा खोप खाएको ७ दिनपछि यसले कम्तीमा ५ वर्षसम्म सुरक्षा प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले पहिलो डोजको लागि २ लाख ५२ हजार तीन सय ६३ भाइल खोप उपलब्ध गराएको हो ।जिल्ला खोप समन्वय समितिको बैठक बसेर प्रभावित पालिकामा दिने कोटा समेत निर्धारण भइसकेको छ । जसअनुसार यशोधरा गाउँपालिकामा ३७ हजार सात सय ८३, महाराजगन्ज नगरपालिकामा ५३ हजार एक सय ५६, कृष्णनगर नगरपालिकामा ६० हजार सात सय ४३, शिवराज नगरपालिकामा ६४ हजार सात सय ७८ र विजयनगर गाउँपालिकामा ३५ हजार नौ सय तीन डोज खोप वितरण हुने छ ।शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी ६ दिनसम्म लगातार खोप अभियान सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार हालसम्म शिवराज अस्पताल बहादुरगन्जमा एक हजार तीन सय ७१ जना, बैदौली स्वास्थ्य चौकीमा ९० जना र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए । २८ कात्तिकदेखि उपचारका लागि आउने बिरामी शून्य रहेको शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले बताउनु भयो

हैजाबाट कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८ र ९ प्रभावित भएको छ । उनीहरूमा अहिले पनि झाडापखाला र बान्ताको समस्या देखिएको छ । हैजाविरुद्धको खोप दिन स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । दुषित पानीका कारण जिल्लामा हैजा फैलिएको अध्ययनबाट पुष्टी भएको प्रेसपाटीले यस अघि नै सार्वजनिक गरेको थियो ।

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६