अर्थ-वाणिज्य

चीनको शून्य कोभिड नीतिमा अवरोध



काठमाडौं, ५ मंसिर । बाँकी विश्व कोभिड सँगसँगै बाँच्नेतर्फ लागिरहँदा चीनले चाहिँ अझै शून्य–कोभिड नीति छाडेको छैन ।
आधा बढी नागरिकलाई खोप लगाइसकेकाले पनि धेरै मुलुकहरु नडराइ कोभिड सम्बन्धी नियम खुकुलो पार्ने या हटाउने गरिरहेका छन् भने धेरैले सीमाना खुलाएर पर्यटकहरुलाई समेत स्वागत गर्न थालिसकेका छन् । तर चीनमा अवस्था बेग्लै छ ।

गत वर्ष बाँकी दुनियाँ चरम संक्रमणबाट गुज्रिरहँदा चीन सामान्य जीवनमा फर्किसकेको थियो जहाँ महिनौं नयाँ संक्रमण फेला परेका थिएनन् । तर यो वर्ष भने चीनको शून्य कोभिड नीतिमा अवरोध आइरहेको छ । जस्तै यसअघि एउटा फाइभ स्टार होटलमा सोधपुछ गर्न गएका एक व्यक्ति त्यहाँका केही ग्राहकमा संक्रमण देखिएपछि दुई हप्ता क्वारेन्टिनमा बस्नुपर्यो  ।

यसैगरी रेलमा सवार चालक समूहका एक कर्मचारी कोरोना संक्रमितसँग नजिकी सम्पर्कमा आएको पत्ता लाग्नासाथ रेलभरिका सबै यात्रुहरुलाई क्वारेन्टिनमा राखेर परीक्षणका लागि लगियो । त्यस्तै एक दिनअघि एक जना पर्यटक संक्रमित रहेको थाहा भएपछि सांघाइ स्थित डिज्नील्यान्ड घुम्न आएका ३३ हजार बढी मानिसहरुले अचानक ठूलो स्तरमा परीक्षण गराउनु पर्यो।

यसरी चीन यतिबेला एउटा संक्रमण पनि स्वीकार्य नहुने किसिमले आक्रामक तरिकामा कोभिड नियन्त्रणतर्फ लागेको छ । कोरोना सम्बन्धी मापदण्ड जारी गर्ने पहिलो देश चीन, उक्त कडाइ हटाउनमा पनि अन्तिम हुने जस्तो देखिएको छ ।

तर अर्को आश्चर्यजनक कुरा, बाटोमा हिँड्ने त्यहाँका आम सर्वसाधारणलाई यसबारे प्रश्न गर्दा उनीहरुले यस किसिमको कडाइप्रति कुनै गुनासो नरहेको बताए । आफूहरु सुरक्षित रहेसम्म सरकारले अपनाउने सबै नियम पालन गर्न उनीहरु तयार देखिएका छन् । जस्तै एक महिलालाई चीनले छिटै खुलाउनुपर्ने कुरा सोध्दा उनले सुरक्षा सबैभन्दा पहिलो प्राथमिकतामा पर्ने भएकाले महामारी पूर्ण रुपमा नसुल्झिएसम्म नखुलाएकै राम्रो हुने बताइन् ।

केही महिना अगाडिसम्म अष्ट्रेलिया, न्युजिल्यान्ड, सिंगापुर लगायतका मुलुकहरुले पनि एक जनामा भाइरस देखा पर्नासाथ त्यसलाई समुदायमा रहनै दिनु हुँदैन भनेर पूरै शहर लकडाउन गर्ने गरेका थिए । तर यो नीतिमा अहिले धेरै बदलाव आइसकेको छ । हाल धेरै भन्दा धेरै मानिसहरुले खोप लगाइरहेको हुँदा उनीहरु कोरोना संक्रमित भएपनि अस्पताल भर्ना हुनुपर्ने छैन । 

प्रकाशित : ६ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६