प्रदेश

बिबादपछि स्थगित कांग्रेस कपिलवस्तुको क्षेत्रिय अधिबेशन ८ मंसिरमा हुने




कपिलवस्तु ७ मंसिर ।कांग्रेस कपिलवस्तुको स्थगित प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन बुधवार हुने भएको छ । मंगलवारका लागि तय गरिएको निर्वाचतन दुई पक्षीय बिवादका कारण स्थगति गरिएको थियो । क्षेत्र नम्बर १ को मतदान स्थल र ३ को उम्मेदवार बिरुद्ध उजुरी परेपछि बिवाद भएको थियो । जिल्ला पार्टी सभापति सुरेन्द्रराज आचार्यले ३ वटै निर्वाचन क्षेत्रको निर्वाचन मंसिर ८ गते बिहान ९ बजेबाट हुने बताउनुभयो । क्षेत्र नम्बर १ को मतदान स्थल कपिलवस्तु नगरपालिका वडा नम्बर १० पचेहरामा गर्ने तथा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिका दुबै उम्मेदावरको उम्मेदवारी कायम रहने गरी सहमति भएको पार्टी सभापति आचार्यले बताउनुभयो ।
क्षेत्र नम्बर १ को बिवादको बिषयमा तौलिहवमा र ३ को बिषयमा गोरुसिंगेमा जिल्ला नेताहरुसंग सहमति भएको हो । १ को पचेहरा, २ को तौलिहवा स्थित पार्टी कार्यालय र ३ को चन्द्रौटामा मतदान स्थल कायम गरिएको छ । कांग्रेस कपिलवस्तुको प्रतिनिधी सभाको क्षेत्रिय अधिबेशन बिवादका कारण स्थगित गरिएको थियो । निर्वाचन क्षेत्र नम्बर १ र ३ मा दुई पक्ष बिच बिवाद भएपछि मंगलवारकालागि तय गरिएको जिल्लाको ३ वटै क्षेत्रमा हुने निर्वाचन सुचना निकालेर मंगलवार बिहान स्थगित गरिएको थियो
पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्य र जिल्ला निर्वाचन अधिकृत तथा केन्द्रिय प्रतिनिधि घनश्याम पन्तद्धारा संयुक्तरुपमा हस्तारित पत्र मार्फत निर्वाचन स्थगित गरेका थिए । निर्वाचन क्षेत्र नम्बर ३ मा बर्तमान पार्टी सभापति तथा पौडेल पक्षीय संघीय क्षेत्रीय सभापतिका उम्मेदवार हरि प्रसाद पोख्रेलले देउवा पक्षीय उम्मेदवार ब्रमहनन्द उपाध्याय बिरुद उम्मेदवारी रद्द गर्ने बिषयमा उजुरी गरेपछि तीब्र बिवाद बढेको थियो ।
पोख्रेलले उपाध्याय बिरुद पार्टीको लेबी नतिरी उम्मेदवारी दिएकाले उम्मेदवारी रद्द गर्ने बिषयमा उजुरी हालेका थिए । जिल्लामा सभापतिकालागि पौडल पक्षीय अब्दुल कलाम खा, सुधाकर पाण्डे र देउवा पक्षीय राजेश आचार्यले उम्मेदवारीको घोषणा गरी प्रचारप्रससारमा जुटेका छन ।

प्रकाशित : ७ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६