प्रदेश

एकीकृत समाजवादीको वाणगंगा नगरको प्रथम भेला



कपिलबस्तु ८ मंसिर ।नेकपा (एकीकृत समाजवादी) वाणगंगा नगर कमिटीको प्रथम नगर भेलाले ५१ सदस्यिय नगर कमिटी गठन गरेको छ ।मंगलबार नगरको जितपुर कुलापनी हलमा भएको नगर भेलाले दिपक पन्थी अध्यक्ष रहेको नगर कमिटी गठन भएको हो ।कमिटीको उपाध्यक्षमा यदुनाथ पौडेल (यादव), सचिवमा पुष्पा पौडेल, उप–सचिवमा नन्दराम चौधरी लगायत अन्य सदस्यहरुमा रहनुभएको छ ।
पार्टीको विधान अनुसार ११ वडाबाट नगर प्रतिनिधि ल्याएर नगर कमिटी गठन गरिएको नगर इन्चार्ज कमल भट्टराईले बताउनुभयो । वाणगंगामा पछिल्लो समय पार्टीको उपस्थिति बलियो बन्दै गएको भन्दै उहाँले अब वडा कमिटी विस्तारमा आफुहरु लाग्ने बताउनुभयो ।सर्वसम्मत निर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।

नगर भेलालाई सम्बोधन गर्दै केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले आगामी चुनावमा एकीकृत समाजवादीले आफ्नो वर्चश्व देखाउने बताउनुभयो ।आफुहरुको पक्षमा जनताको अपार माया रहेको भन्दै सच्चा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नै भएकाले सबैलाई गोलबन्ध भएर लाग्न आग्रह गर्नुभयो ।सोही कार्यक्रममा बोल्दै पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सह-इन्चार्ज मीना परियारले वाणगंगामा पनि पार्टको नगर कमिटी बनेको भन्दै जिल्लाभर संगठन विस्तारलाई तीव्र बनाउने बताउनुभयो ।

नगर भेलालाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका सदस्य अहमद अब्दुल रउफ, जिल्ला कमिटी अध्यक्ष लंका बहादुर हमाल, अनेरास्ववियूका जिल्ला कोषाध्यक्ष कमल बेल्वासे लगायतले बोल्दै एकीकृत समाजवादीको कलम चिह्न जनताको बीचमा लोकप्रिय हुँदै जाने बताउनुभयो ।नगर कमिटी अध्यक्ष पन्थीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित : ८ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६