कपिलवस्तु ८ मंसिर । नेपाली कांग्रेसका लोकप्रिय यूवा नेता राजेश ज्ञवाली ( बिनु ) ले आज हुदै गरेको क्षेत्र नं २ को अधिबेशनवाट केन्द्रिय महाधिबेशन प्रतिनिधीकालागि पपुलरमतका साथ जित्ने आकलन गरिएको छ । खासगरी देउवासंग सोझै सम्वन्ध स्थापित गरेका र नेपाली कांग्रेस कपिलवस्तुका प्राय सबै नेताबीच असल सम्वन्ध वनाएका ज्ञवालीले क्षेत्र नं २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिनु भएको छ । मधेसी र पहाडी दुबै समुदायमा ज्ञवाली लोकप्रिय मानिनु हुन्छ । जिल्लामा सभापति सुरेन्द्र राज आचार्यसंग समेत राम्रो सम्वन्ध रहेकाले उहाले देउवा पक्ष र पौडेल पक्षको साथ समर्थन पाउने हुनु भएको हो ।
८ मंसिर २०७८, बुधबार
प्रतिक्रिया