अर्थ-वाणिज्य

केपी ओलीले प्रतिनिधिहरूलाई दिने भनिएको रात्रिभोज किन नहुने भयो त ?



काठमाडौं ९ मंसिर । एमालेको दशौँ महाधिवेशनका क्रममा अध्यक्ष केपी ओलीले प्रतिनिधिहरूलाई दिने भनिएको रात्रिभोज नहुने भएको छ । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलले रात्रिभोज दिने विषयमा आपत्ति जनाएपछि स्थगित गरिएको हो । यसअघि ओलीले महाधिवेशनको बन्द सत्र सुरु भएपछि ११ मंसिरको राति चितवनको सौराहास्थित एक होटेलमा रात्रिभोज दिने कार्यक्रम तय भएको थियो ।

मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले आपत्ति जनाएका थिए । स्रोतका अनुसार उनले महाधिवेशनको निर्वाचन प्रक्रियाको वेलामा एकजना व्यक्तिले मतदाता प्रतिनिधिलाई भोज दिनु उचित नहुने भनेर आपत्ति जनाएका थिए । 

‘महाविधेशनस्थलमा रात्रिभोज दिने भन्ने कार्यतालिका बनाइएको छ ।  जसले भोज दिन खोजेको हो उसैको प्रतिस्पर्धी पनि त्यहाँ छन् भन्ने कुराको हेक्का राख्नुपर्यो । प्रतिनिधिलाई फकाउन त्यसो गर्न मिल्दैन,’ स्थायी कमिटी बैठकमा रावलले बोलेको विषय उद्धृत गर्दै एक नेताले नयाँ पत्रिकासँग भने । त्यसपछि महाधिवेशनको कार्यतालिका सूचीबाट नै रात्रिभोजको कार्यक्रमलाई हटाइएको छ ।

प्रकाशित : ९ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६