अन्तर्राष्ट्रिय

इजरायल नेपालको सदैव हित चाहन्छः राजदूत बास



कर्णाली, १८ कात्तिक

नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासले इजरायल सरकारले नेपालको हितमा काम गर्दै आएको बताउनुभएको छ । आज सुर्खेतमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै राजदूत बासले नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध रहेको चर्चा गर्नुभयो । उहाँले इजरायल सरकारले नेपालको कृषि, रोजगारी, अध्ययन र व्यापारको क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउनुभयो । राजदूत बासले सिङ्गो कर्णाली प्रदेश प्रकृतिको अनुपम उपहार भएकाले इजरायल सरकार कर्णाली प्रदेशको विकासका लागि सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । उहाँले नेपाल र इजरायलबीचको कूटनीतिक सम्बन्धबाट दुवै देशका नागरिकमा सहयोग र सद्भाव बढ्दै जानु सकारात्मक विषय भएको बताउँदै दुवै देशका समृद्धि र दिगो सम्बन्ध कायम हुनुमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो । –––

प्रकाशित : १९ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६