अर्थ-वाणिज्य

एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रमुख दलका शीर्ष नेता सहभागी हुने



काठमाडौं, ९ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् ।
एमाले प्रचार प्रसार विभागका प्रमुख विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा आउने निश्चित भएको बताएका छन् । उनका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सहभागी हुनेछन्

नेकपा माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिइए पनि आउने नआउने निश्चित भइनसकेको बताए । तर प्रचण्ड महाधिवेशनमा सहभागी नहुने बताइएको छ । यस्तै नेकपाका नेत्रविक्रम चन्द ‘विप्लव’ पनि एमाले महाधिवेशनमा नजाने भएका छन् ।

उनका अनुसार भोलि (शुक्रबार) हुने उद्घाटन सत्रका लागि चितवनको विभिन्न ७ वटा स्थानबाट विशाल जुलुस प्रदर्शन गरिनेछ । उद्घाटन सत्रमा ५ लाख मानिसहरु ल्याउने दाबी गरेको एमालेले सहभागीहरुका लागि डिजिटल स्क्रिनहरुको व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित : ९ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६