अर्थ-वाणिज्य

माओवादी केन्द्रको देशभरका ९५ प्रतिशत वडामा सर्वसम्मत नेतृत्व चयन



काठमाडौं ९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले देशभरका वडामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबारबाट सुरु भएको माओवादी केन्द्रको वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको हो ।माअ‍ोवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार शनिबारबाट देशभरका वडामा वडा सम्मेलनमार्फत माओवादी केन्द्रले ९५ प्रतिशत सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

शनिबार देशभरका अधिकांश वडामा एकसाथ सर्वसम्मत नेतृत्व चयन गर्ने भने पनि माओवादीले ५ प्रतिशत वडामा भने आइतबर र सोमबार स्वच्छ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गरेको माओवादी केन्द्रले जनाएको छ ।वडा नेतृत्व चयनबारे विवरण आउने क्रम अन्तिम चरणमा पुगेको र पूर्ण विवरण पालिका अधिवेशन सकेपछि सार्वजनिक गर्ने माओवादी केन्द्रीय कार्यालयको तयारी छ ।

माओवादी केन्द्रले शनिबारबाट एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडामा वडा सम्मेलन गरेको हो । माओवादीले मंसिर ११ गते पालिका सम्मेलन गर्दैछ ।पालिका सम्मेलनका लागित तयारी अन्तिम चरणमा पुगेको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ भने आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

कति पुग्यो माओवादीको सदस्य संख्या ?
माओवादी केन्द्रको पार्टी सदस्यता संख्या सात लाखा ३५ हजार पुगेको छ । गत शुक्रबारसम्म सात लाख ३५ हजारले साधारण सदस्यता लिएको माओवादी केन्द्रीय कार्यालयका शिव खकुरेलले जानकारी दिए ।पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शुक्रबार मध्यान्हसम्म सात लाख ३५ हजारले सदस्यता फारम भरेको उनको भनाई छ । खकुरेलका अनुसार सदस्यता लिने म्याद शनिबारसम्म बाँकी रहेकाले संख्या थपिने अनुमान केन्द्रिय कार्यालयले लिएको छ ।

गत ६, ११, १२ र १३ असोजमा बसेको स्थायी कमिटीका निर्णय कार्यान्वयनका लागि जारी परिपत्रमा माओवादीले संगठन सुद्धृढीकरणको अभियानमा करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य राखेको उल्लेख गरेको थियो ।

प्रकाशित : ९ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६