अर्थ-वाणिज्य

तुलसीपुर उपमहानगरले लुम्विनीका सबै पालिकालाई उछिन्यो



तुलसीपुर, ९ मंसिर। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहहरुको सूचना प्रविधि क्षमताको प्रतिवेदनमा तुलसीपुर उपमहानगरपालिकाले लुम्विनीका सबै पालिकालाई उछिनेको छ । नेपाल भरका सबै स्थानीय तहहरुमा गरिएको मुल्यांकनमा तुलसीपुर ७१ अंकका साथमा १० औ स्थानमा परेको छ । यस अभियानको नेतृत्व गरेका हुन् नगरप्रमुख घनश्याम पाण्डेले ।

उनले जनप्रतिनिधिका रुपमा आएदेखि नै डिजिटल तुलसीपुरको अभियानलाई अगाडी वढाएका थिए । सबै वडामा इन्टरनेट मार्फत सेवा पुर्याएको भन्दै तुलसीपुरलाई यसभन्दा अगाडी पनि पुरस्कृत गरिएको थियो । स्थानीय तहहरुको जनशक्ति व्यवस्थापनको अवस्था, डिजिटल साक्षरताको अवस्था तथा सूचना प्रविधि सम्बन्धि नीतिगत व्यवस्था, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग, सूचना प्रविधिसँग सम्बन्धित पूर्वाधारको अवस्था र सूचना प्रविधिमा संस्थागत क्षमताको अवस्था गरेर ७ वटा क्षेत्रका ५० वटा सूचकाङ्कका आधारमा स्थानीय तहहरुको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

नगरप्रमुख घनश्याम पाण्डेले यो सफलताले डिजिटल तुलसीपुरको अभियानलाई अगाडी वढाउन हौसला बढेको वताए । “हामीले तुलसीपुरलाई डिजिटल वनाउने अभियानलाई थप तिव्रता दिएका छौ” उनले भने ।

प्रकाशित : ९ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६