ब्रेकिंग न्युज

अध्यक्ष ओलीको ग्रिन सिग्नलबिना कपिलवस्तुवाट कोहीपनि उम्मेदवार हुदैन : अध्यक्ष पोखरेल



पार्वती पाण्डे
कपिलवस्तु १० मंसिर । नेकपा एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले एमालेले जिल्लाका १० पालिकावाट २०० वटा ठूलाबस र ५० वटा स्कारपिओ जिप लगायतका साधनवाट १० औ राष्ट्रिय महाधिबेशनकालागि कार्यकर्ता चितवन जाने क्रम बीहिवार अपरान्हवाटै शुरुभएको वताउनु भएको छ । १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनमा जिल्लाबाट १५ हजार बढिको सहभागिता रहने उहाँले बताउनु भयो । विभिन्न वडाका पार्टी कार्यकर्ताहरुले वाटोमै पकाएर खानेगरी अत्यन्तै उत्साह पूर्वका चितवन तर्फ लागेको उहाँले वताउनु भएको छ । साधन अभावमा अधिकांस कार्यकर्ता चितवन जान नपाएकोमा निराश भएका छन , अध्यक्ष पोख्रेलले बताउनु भयो
ढिलागरी जाने गाडीहरु राती १० वजे सम्म कपिलवस्तु छाडी सक्ने वताउदै शुक्रवार विहान जादा चितवन पुग्न नसकिने गरी भीडभाड बढ्ने भएकाले यस्तो गरिएको वताउनु भयो । यति धेरै गाडी घोडा परिचालन भएपनि एमालेले सबै खर्च पार्टीका कार्यकर्ता तथा जनप्रतिनिधीवाट ब्यवस्थापन गरेको भन्दै महाधिबेशनकालागि उद्योगी ब्यवसायी र ब्यापारीसंग चन्दा माग्ने काम नगरिएको प्रष्टयाउनु अध्यक्ष पोख्रेलले बताउनु भयो ।
उहाँले तल्लो तहका वडादेखि स्थानीय पालिका सम्म सर्बसम्मत नेतृत्व छनौट गरेकोभन्दै चितवनमा पनि सोही अनुसार सर्वसम्मत नेतृत्व छान्ने परिस्थिती बनाउने दाबी गर्नु भयो । कपिलवस्तुमा आफ्नो नेतृत्वमा ९ वर्ष पार्टी काम भएको वताउदै ३ वटै तहको निर्वाचनमा एमालेको वर्चश्व कायम गर्न सफल भएको प्रष्ट पार्नु भयो । विधान महाधिबेशन र राष्ट्रिय महाधिबेशनकालागि सर्बत्र निरविरोध नेतृत्व छनौट गरेको र अव हुने स्थानीयतह चुनावमा एमालेले कम्तीमा ६ वटा पालिकामा मेयर उपमेयर सहित जित्ने दरिलो आधार तयार पारेको उहाँको भनाई थियो ।
महाधिबेशनमा आफूले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने इच्चा रहेपनि पार्टीका अध्यक्ष केपि शर्मा ओलीलाई सोधेर उहाँको निर्देशन भए मात्र उठ्ने स्पष्ट पार्नु भयो । महाधिवेशनमा जानका लागि वाणगंगा नगरपालिकाबाट ६० , वुद्धभुमिबाट ३५ , शिवराजबाट १२, कृष्णनगरबाट १२ , महाराजगञ्जबाट १२ , कपिलवस्तु नगरपालिकाबाट १२ , विजयनगर गाउँपालिकाबाट १५ , शुद्धोधनबाट ५ , यशोधराबाट ५ ,मायादेवीबाट ६ वडा गाडि परिचालित हुने छन ।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६